कनकाई अनलाईन
कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा भईरहेको जिल्ला स्तरीय फुटबल प्रतियोगितामा आयोजक टिम कनकाईले जुनतारा महिला फुटबल क्लव खुदुनावारीलाई ५—० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
कनकाई माविको खेल मैदानमा आज भएको सेमिफाईनल खखेलमा
आयोजकका तर्फबाट लक्ष्मी श्रेष्ठले २ गोल तथा बविता मगर र छत्रिका चौधरीले समान एक एक गोल गर्नुभयो । बाकी एक गोल कनकाईले उपहार गोल पाएको थियो । आजको खेलमा कनकाईकी सिमन राई वुमन अफ दी म्याच हुदै नगद एक हजार रुपैँया पाउनुभयो । कनकाई खेलकुद प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा झापाका ८ महिला टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमलाई नगद ६० हजार र ३५ हजार रुपैँया पाउनेछन ।
कनकाईले पहिलो खेलमा समेत दमकको महिला टिमलाई ७—० गोलअन्तरले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको थियो ।
कनकाईले अब उपाधिका लागि भोलीको शिवसताक्षी नगरपालिका र पारिजात अर्जुनधाराविचको बिजेता सग खेल्ने आयोजक समितिकी संयोजक अम्बिका खरेलले बताउँनुभयो ।
Trending
- जामुनबारी बनको निर्वाचन, कुल ८ सय ५१ मतदातामा ८ सय ९मत खस्यो
- लियो क्लव कनकाईले मिनि म्याराथुन गर्दै
- झापामा दुबै दारा काटिएको मृत हात्ती फेला
- लागुऔषधको अखडा बन्दै बिर्तामोडका होटल
- लागु औषध विरुद्धको सचेतना दुर्गापुरमा
- बिर्तामोडमा नक्कली सुन बेच्ने भारतीय पक्राउ
- वनका अध्यक्ष बाहेक सबै पदमा काम गरिसकेका बुद्धिमान
- झापामा पत्रकार उपचार कोषमा १ करोड ११ लाख जम्मा