कनकाई अनलाईन
विश्वमा फैलिएको कोरोना भाइरस रोक्न तथा सस्कृतिको प्रवद्धन गर्न झापाको कनकाई नगरपालिकास्थित कनकाई माई किनारामा एक दिने कनकाई माई गंगा आरती हुने भएको छ ।
ग्लोबल मल्टीअर्गाइजेशन नेपालको आयोजना कनकाई नगरपालिका र कोटीहोम धार्मिक विकास संस्थाको सरक्षण र कनकाई उद्योग बाणिज्य संघको व्यावस्थापनमा आगामी फागुन २३ गते शुक्रवारका दिन कनकाई माइ किनारामा एकदिने गंगा आरती गरिन लागेको आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष एलपी बुडाथोकीले ३ दिने धार्मिक महोत्सवको गरिएकोमा कोरोना भाइरसका कारण सबै कार्यक्रम स्थगित गरेर कोरोना भाइरसबाट मुक्तिका लागि गंगा आरतीमात्रै गरिन लागेको जानकारी दिनुभयो । आरतीका लागि बनारसबाट तालिमप्राप्त पण्डितहरु बोलाइएको समेत जानकारी दिनुभयो । कोरोना भाइरस तातोमा मर्ने तथा वायुमण्डललाई स्वच्छ बनाउन समेत होमादी तथा बात्ती बाल्दा फाइदा पुग्ने बुडाथोकीले बताउँनुभयो । गंगा आरतीलाई कनकाई माइमा निरन्तता दिन स्थानीय पण्डितलाई यसको तालिम दिने तयारी समेत थालिएको कार्यक्रममा जानकारी गराइएको थियो ।
कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखखरेलले कनकाई नगरपालिकामै गंगा आरती पहिलोपटक हुन लागेको भन्दै यसलाई निरन्तता दिन नगरपालिकाले सहयोग गर्ने बताउँनुभयो ।
पत्रकार सम्मेलनमा कनकाई नगरपालिकाका वार्डनम्वर ४ का वडाध्यक्ष गोविन्दप्रसाद पौड्याल, ८ का वडाध्यक्ष प्रेमबहादुर कटुवाल, कोटीहोम धार्मिक विकास संस्थाका अध्यक्ष नवलकिशोर दत्त, कनकाई उवासंघका अध्यक्ष त्रिलोचन चिमरिया, वरिष्ठ उपाध्यक्ष सोमनाथ उप्रेती, ग्लोबलका केन्द्रिय सदस्य वालगोपाल शिवाकोटी, नेपाल भारत मैत्री संघ कनकाईका अध्यक्ष भवानी लुइटेल, क्षितिज नाट्य कला केन्द्रका माधव कल्पित लगायातको आतिथ्यता रहेको थियो ।