कनकाई अनलाईन
झापा विद्रोहका शहिदहरुको नामबाट झापाको सुखानीमा चौथो खुखानी स्मृति महिला गोल्डकप हुने भएको छ ।
आगामी फागुन २१ गतेदेखि ३० गतेसम्म हुने प्रतियोगितामा प्रदेश नम्बर एकका ९ जिल्लाका १० टिमको सहभागिता रहने आइतबार आयोजक समिति सुखानी सहिद स्मृति प्रतिष्ठानले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ ।
प्रतियोगिता अर्जुनधारा ९ स्थित नमुना खेलमैदानमा हुने र प्रतियोगितामा झापाका दुई टिम आयोजक र कनकाई नगरपालिकाको महिला टिम सहभागि हुने छन । कनकाईको महिला टिम केहि दिन पहिले बिर्तामोडमा भएको महिला गोल्डकपको बिजयी टिम पनि हो । अन्य इलाम, पाचथर,ताप्लेजुङ, धनकुटा, तेह्रथुम, उदयपुर, सुनसरी र मोरङ सहभागिता रहने र प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले १ लाखख २५ हजार र ७५ हजार रुपैँया पाउने आयोजक समितिका उपाध्यक्ष टंक भट्टराईले बताउँनुभयो ।
प्रतियोगितामा हरेक दिनको वुमन अफ द म्याचलाई नगद ३ हजार र अन्य विधाका खेलाडीहरुलाई समेत नगद ७ हजारका दरले पुरस्कृत गरिने छ । खेलमा वुमन अफ दी टुनामेन्टलाई नगद १२ हजार रुपैँया प्रदान गरिने छ ।
प्रतियोगिता संचालन गर्न १२ लाख रुपैँया खर्च हुने आयोजकले जनाएको छ ।