कनकाई अनलाईन
झापा । झापाको झापा गाउँपालिकाका ४० बिपन्न सन्थाल परिवारले बस्नका लागि नयाँ पक्की घर पाएका छन् ।झापा गाउँपालिका वार्ड नं १ लसुनामा वर्षौंदेखि कच्ची घरमा बव्दै आएका सन्थाल परिवारलाई ह्युमानिटी फर हेल्भेटासको सहयोगमा विर्तामोडस्थित सहारा नेपाल र झापा गाउँपालिकासमेतको लगानीमा घर निर्माण गरी आज एक समारोहका बीच हस्तान्तरण गरिएको हो ।सहारा नेपालले ७५ हजार र गाउँपालिकाले ७५ हजार गरी डेढ लाख र घर पाउने परिवारको श्रमदानमा तीनकोठे पक्की घर निर्माण भएको हो ।सधैं कच्ची घरमा जोखिमपूर्ण बसोबास गर्दै आएका सन्थाल परिवार नयाँ पक्की घर पाएपछि दंग भएका छन् ।सहाराले यस आर्थिक वर्षभित्र छसय वटा घर निर्माण गरी विपन्न परिवारलाई प्रदान गर्ने संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले बताउनुभयो ।
Trending
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति
- धार्मिक पर्यटकीयस्थल बन्दै अर्जुनधारा जलेश्वरधाम
- आजदेखि नेपाल भारत सिमा नाका बन्द
- सुरुङ्गामा हनुमान जयन्तीको भव्य तयारी