कनकाई अनलाईन
झापा जिल्लाकै जेष्ठ नागरिक दावी गरिनुभएका हरिप्रसाद वाग्लेको शुक्रवार झापा बुद्धशान्तिमा निधन भएको छ ।
झापा बुद्धशान्ति गाउँपालिका १ निवासी १०७ बर्षिय जेष्ठ नागरिक हरिप्रसाद वाग्लेको शुक्रवार निधन भएको हो ।
शुक्रवार विहान ११ बजेतिर उहाँको आफ्नै घरमा निधन भएको उहाँका नाती संचारकर्मी अनिल वाग्लेले बताउँनुभयो । इलाममा १९७० साल मंसिर ५ गते जन्मिनुएका वाग्लेलाई जिल्लाकै जेष्ठ नागरिक भएको दावी गरिएको छ । उहाँका ५ छोरा २ छोरी र १ सय २५ बढी नाती, नातीना, पलाती, जनातीसमेत रहेका छन । वाग्ले २०१४ सालदेखि नियमित रुपमा बुद्धशान्तिमा रहदै आउनुभएको थियो । उहाँको शुक्रवारनै जातिय परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ ।
तस्वीर ः आफ्ना नाती नातिनका साथ १०६ औँ जन्मोत्सव मनाउदै वाग्ले
Trending
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति
- धार्मिक पर्यटकीयस्थल बन्दै अर्जुनधारा जलेश्वरधाम
- आजदेखि नेपाल भारत सिमा नाका बन्द
- सुरुङ्गामा हनुमान जयन्तीको भव्य तयारी