कनकाई अनलाईन
कनकाई मकर मेलामा ठेकेदारद्धारा लिइएको बढी पार्किङ्ग शुल्क नगरपालिकाले फिर्ता गर्न लगाएको छ ।
यहि पुस २८ गतेदेखि माघ ३ गतेसम्म कनकाई माईको किनारामा लगाइएको धार्मिक मेलामा ठेकेदारले नगरपालिकाले तोकेभन्दा बढी शुल्क उठाएको भनी हेल्लो सरकारमा उजुरी परेपछि प्रधानमन्त्री कार्यालयबाट कनकाई नगरपालिकालाई पत्र काटिएको थियो । पछि बुझ्दा ठेकेदार कम्पनीले मोटरसाईकल र अटोटेम्पोबाट नगरपालिकाले तोकेभन्दा प्रतिसवारी एक सय रुपैँया वढी उठाएको पाइएको पाइएपछि सार्वजनिक सुचना जारी गरेरै बढी शुल्क तिर्ने सवारीसाधन धनीलाई आफ्नो टिकट सहित सम्पर्क गर्न अनुरोध गरिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो ।
नगरपालिकाले निर्देशन गरेअनुसार मेला स्थलमै ठेकेदारले टिकट हेरेर ६ वटा मोटरसाईकल र २१ वटा टेम्पोको वढी रकम फिर्ता गरिएको ठेकेदार कम्पनी बिडी कन्सट्रनका प्रमुख धमेन्द्र दाहालले बताउँनुभयो । मेलामा हजार बढी सवारी साधन पार्किङ्गमा राखिएको भएपनि धेरै सवारी साधनको टिकट हराउनु तथा टाडा भएकोले पैसा फिर्ता लिन नआएको सवारीधनीको भनाई छ । मेलामा बढी पार्किङ्ग शुल्क उठाएको भन्दै प्रहरीले एक जना पार्किङ ठेकेदारलाई समेत नियन्त्रणमा लिएको थियो ।
Trending
- आजदेखि नेपाल भारत सिमा नाका बन्द
- सुरुङ्गामा हनुमान जयन्तीको भव्य तयारी
- कालोपत्रे गरेको एक सातामै भत्कियो सैनिकमोड– सैनिकबजार सडक
- सुरुङ्गाका लीला चिमरिया बने लायन्सका गर्भनर
- कनकाईमा दललाई पाचौ झड्का सामुदायिक वनमा स्वतन्त्रका परशुराम बिजयी
- जामुनबारी बनको निर्वाचन, कुल ८ सय ५१ मतदातामा ८ सय ९मत खस्यो
- लियो क्लव कनकाईले मिनि म्याराथुन गर्दै
- झापामा दुबै दारा काटिएको मृत हात्ती फेला