कनकाई अनलाईन
काठमाडौं, माघ १६ गते । वेष्टइन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेल एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउनुहुने भएको छ । उहाँलाई पोखरा राइनोजले अनुबन्धन गरेको छ ।
पोखरा राइनोजले काठमाडौंमा आज एक पत्रकार सम्मेलनको आयोजना गरी क्रिस गेलसँगको अनुबन्धनबारे जानकारी गराएको हो । वेष्टइन्डिजको प्रतिनिधित्व गर्नुहुँदै विष्फोटक ब्याट्सम्यान क्रिस गेलले १०३ टेष्ट म्याचमा १५ शतक र ३७ अद्र्धशतकसँगै सात हजार २१४ रन बनाउनुभएको छ ।
५८ टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल्नुभएका गेलले १४२ को स्ट्राइक रेटमा दुई शतक र १३ अद्र्धशतकसँगै एकहजार ६२७ रन बनाउनुभएको छ । ३०१ अन्तर्राष्ट्रिय एकदिवसीयमा दश हजार ४८० रन बनाउनुभएको छ ।
टी ट्वान्टी लिगमा उहाँले दुई दर्जन बढी घरेलु लिगमा विभिन्न टोलीको प्रतिनिधित्व गर्नुभएको छ ।
Trending
- कनकाईमा दललाई पाचौ झड्का सामुदायिक वनमा स्वतन्त्रका परशुराम बिजयी
- जामुनबारी बनको निर्वाचन, कुल ८ सय ५१ मतदातामा ८ सय ९मत खस्यो
- लियो क्लव कनकाईले मिनि म्याराथुन गर्दै
- झापामा दुबै दारा काटिएको मृत हात्ती फेला
- लागुऔषधको अखडा बन्दै बिर्तामोडका होटल
- लागु औषध विरुद्धको सचेतना दुर्गापुरमा
- बिर्तामोडमा नक्कली सुन बेच्ने भारतीय पक्राउ
- वनका अध्यक्ष बाहेक सबै पदमा काम गरिसकेका बुद्धिमान