कनकाई अनलाईन
झापाको प्रतिष्ठित मध्ये मानिने सताक्षी गोल्डकप आगामी फागुन ३ गतेदेखि १० गतेसम्म झिलझिलेमा आयोजना गरिने भएको छ ।
आयोजक सताक्षीधाम स्पोटिङ्ग क्लवले पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको तयारी तीव्र पारेको जानकारी गराएको हो ।
क्लवका उपाध्यक्ष फुर्वा तामाङ्गले प्रतियोगितामा आयोजक सहित नेपालका उत्कृष्ट क्लवहरु नेपाल आर्मी क्लव, मनाङ्ग मस्याङ्दी क्लव, थ्री स्टार क्लव, मछिन्द्र क्लव काठमाण्डौ, रुपन्देही ११, च्यासल क्लव काठमाण्डौ र भारतको दार्जिलिङ फुटबल क्लवको सहभागिता रहने जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले नगद ६ लाख र ३ लाख तथा सर्वोकृष्ट खेलाडीलाई नगद ५० हजार , विधागत तर्फका उत्कृष्ट खेलाडी हरु हाई स्कोर, उत्कृष्ट मिड फिल्ड, फरवर्ड, डिफेन्स, गोलकिपर र कोचलाई जनही २० हजार रुपैँया दिइने र हरेक खेलको म्यान अफ द म्याच खेलाडीलाई समेत नगद ५ हजार रुपैँया दिइने अर्थ संयोजक सनम इजमले बताउनुभयो ।
प्रतियोगिता सम्पन्न गर्न ७६ लाख लाग्ने प्रतियोगिता शिवसताक्षी नगरपालिकाको विशेष संरक्षणमा हुन लागेको समेत लावतीले बताउँनुभयो ।
प्रतियोगिताका लागि नगरपालिकाले नगद १० लाख र खेलकुद विकास समितिले ३ लाख रुपैँया सहयोग गरेको समेत जानकारी गराईएको थियो । प्रतियोगितामा १० हजार दर्शक बस्न मिल्ने बाँसको अस्थायी प्याराफिटको समेत निर्माण थालिएको छ भने शिवसताक्षी भेट्रान क्लवको आयोजनामा घेरावारा लगायातको मैदान व्यावस्थापनको काम समेत थालिएको प्रचार समितिका संयोजक योगेन लावतीले बताउँनुभयो ।
Trending
- कनकाईमा दललाई पाचौ झड्का सामुदायिक वनमा स्वतन्त्रका परशुराम बिजयी
- जामुनबारी बनको निर्वाचन, कुल ८ सय ५१ मतदातामा ८ सय ९मत खस्यो
- लियो क्लव कनकाईले मिनि म्याराथुन गर्दै
- झापामा दुबै दारा काटिएको मृत हात्ती फेला
- लागुऔषधको अखडा बन्दै बिर्तामोडका होटल
- लागु औषध विरुद्धको सचेतना दुर्गापुरमा
- बिर्तामोडमा नक्कली सुन बेच्ने भारतीय पक्राउ
- वनका अध्यक्ष बाहेक सबै पदमा काम गरिसकेका बुद्धिमान