कनकाई अनलाईन ।
पर्यटन बर्ष २०२० को प्रचार गर्न मेचीकाली पैदलयात्रा पूरा गरेका झापाली दुई युवालाई झापा सुरुङ्गामा भव्य स्वागत गरिएको छ ।
झापा मेचीनगरका सुरेश उप्रेती र दमकका खगेन्द्र निरौलाले २९ औ दिनमा महाकालीको भीमदत्त नगरपाकिलाबाट यात्रा सुरु गरि झापाको मेचीनगर नगरपाकिला मेचीपुलमा यात्रा समापन गरेका हुन । भ्रमणबर्षको प्रचारका लागि निष्किएका युवद्धयको टोलीलाई भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्रसिंह बिष्टले विदाई गर्नुभएको थियो । यात्राको २८ औ दिनमा झापा कनकाई नगरपालिका चप्पा फ्वालर्व एकाडेमी सुरुङ्गाका शिक्षक विद्यार्थीले कनकाई माई पुलबाट फुलमाला अबिर सहित सुरुङ्गासम्म ल्याएका थिए ।
चम्पा फलावर्सका पिन्सिपल बिमान लामाको नेतृत्वमा रहेको शिक्षक बिद्यार्थीको टोलीले पैदलयात्रीको टोलीलाई स्वागत गरेको थियो । सो अवशरमा यात्रीद्धद्धयको टोलीले यात्राका क्रममा भोगेका अनुभवहरु विद्यार्थीसग साटासाट गरेका थिए ।
Trending
- लायन्सका अन्तराष्ट्रिय भ्वाईस प्रेसिडेन्ट झापामा
- गौरीगञ्जका सामुदायिक विद्यालयका छात्रालाई साइकल वितरण
- पूर्वीनाकामा आठ महिनामा ११ अर्ब ५२ करोडबढी व्यापार घाटा
- एमाले झापाको अध्यक्षमा गिरी
- लालपानीका मुकेशको पौडी खेल्दा डुबेर मृत्यु
- झापामा तीन कैदीवन्दी र एकजना दृष्टिबिहीनले एसईई दिँदै
- झापाका कोईला व्यवसायी संगठित, अध्यक्षमा बस्नेत
- लायन्स इन्टरनेशनल सेकेण्ड भ्वाईस पेसिडेन्ट सिंह झापामा आउदै