पुकारका वालवालिकाको स्वास्थ्य जाँच


कनकाई अनलाईन
कनकाई नगरपालिका ४ स्थित पुकार अपाङ्ग असक्त समाजमा रहेका २० वालवालिकाको स्वास्थ्य जाँच गरि औषधि प्रदान गरिएको छ ।
सो आश्रममा हाल २० वालवाललिका रहेका छन उनीहरुलाई कनकाई सुरुङ्गा बजारमा संचालित एसके तरकारी तथा फलफुल पसलका संचालक समेत रहेका कमल बस्नेतको पहलमा बिर्तामोडस्थित मेडिका हस्पिटल लगायातका डाक्टरको टोलीले स्वास्थय जाच पछि बच्चालाई औषधि प्रदान गरिएको हो ।
स्वास्थ्य चिकित्सकहरुको टोलीमा डाक्टरहरु आकाश महत्तो र नविन आचार्य सहित मेडिका हस्पिटलका हरिस बास्तोला, नेशनल मेडिकलका भुमिराज अधिकारी नेशनल डेन्टलका कुशल अधिकारी, नेशनल मेडिलिङ्गका बासु दुलाल नर्स सोमा तिम्सिना लगायातको चिकित्सकको टोलीले पुकार असक्त समाजमा रहेका अपाङ्ग वालवालिका तथा कर्मचारीसमेतको स्वास्थ्य जार्च गरि औषधि प्रदान गरेको हो । ती वालवालिका अधिकांसमा छालाको समस्या देखिएको पुकार अपाङ्ग समाजकी अध्यक्ष समेत रहनुभएकी निर्मला ओझाले बताउँनुभयो ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू