झापा गाउँपालिका कप भलिबलको उपाधि दमकलाई


कनकाई अनलाईन ।
झापा गाउँपालिका अध्यक्ष कप भलिबल कपको उपाधि दमक नगरपालिकाले हात पारेको छ ।
आज भएको फाईनल खेलमा दमकले बिर्तामोडलाई हराउदै उपाधि जितेको हो । दमकले अध्यक्षकपको उपाधिसगै नगद १ लाख १ हजार ११ रुपैँया हात पारेको छ । दोस्रो भएको बिर्तामोडले नगद ७१ हजार १ सय ११ रुपैँया शिल्ड र ट्रफि हात पारेको छ ।

प्रतियोगितामा तेस्रो बनेको संखुवासभाको सभापोखरी गाउँपालिकाले नगद २१ हजार १ सय ११ रुपैँया पाउदा चौथो भएको आयोजक झापा गाउँपालिकाले १० हजार १११ रुपैँया पाएको थियो । बिजयी हुने सबै टिम तथा खेलाडीलाई झापा गाउँपालिकाका अध्यक्ष जय नारायण शाह, उपाध्यक्ष कुन्तीदेवि बुडाथोकी, वडानम्बर ६ का वडाध्यक्ष हरिबहादुर बानिया, ७ का वडाध्यक्ष नेत्रप्रसाद उप्रेती, आयोजक समितिका अध्यक्ष गजेन्द्र ताम्ली सचिव प्रेम प्रसाई लगायातले नगद तथा पुरस्कार प्रदान गर्नुभयो ।


फाइनल खेलमा दमकले बिर्तामोडलाई १२÷२५,१२÷२५ र २२÷२५ ले हराउदै उपाधि हात पारेको हो । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी दमकका प्रकाश लिम्बु हुनुभयो उहाँले नगद १० हजार रुपैँया पाउनुभयो । प्रतियोगिताको उत्कृष्ट लिफ्टर दमकका मुस्कान लिम्बु, उत्कृष्ट सरभर टेम्के मयुंङ भोजपुरका सरोज राई , सवोकृष्ट डिफेन्स आयोजक झापा गाउँपालिकाका गणेश कटुवाल, ब्लकर रोहित शिवाकोटी झापा गाउँपालिका, उदयमान खेलाडी बिर्तामोडका विज्ञान डाँगी र बेष्ट स्पाइकर सभापोखरी संखुवासभाका प्रदिप कट्टेल हुनुभयो । उहाँहरुले नगद ५ हजारका दरले पुरस्कार पाउनुभयो ।


फाईनल खेलअघि झापा गाउँपालिका र कमल गाउँपालिकाको महिला टिमविच मैत्रीपुर्ण भलिवल खेल भएको थियो । जसमा कमल गाउँपालिका बिजयी भएको थियो ।
सोहि कार्यक्रमका विच स्थानीय शरणामतीको खेल मैदानमा भलिबल खेलेर राष्ट्रीय प्रतियोगिता सम्म खेल्न सफल दुई जना खेलाडीहरु राजेन्द्र श्रेष्ठ र मदनकुमार बस्नेतलाई सम्मान समेत गरिएको थियो । जनतामाविको खेल मैदानमा पुस १४ गतेदेखि १९ गतेसम्म भएको प्रतियोगितामा झापा सहित प्रदेश नम्बर एकका २२ टिमको सहभागिता रहेको थियो ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू