झापा गाउँपालिका अध्यक्षकप भलिबल सेमिफाईनल समिकरण पूरा


लीलाराज झापाली । शरणामती १७ गते ।
झापाको झापा गाउँपालिका ६ शरणामतीमा जारी अध्यक्ष कप प्रदेश नम्बर १ पालिका स्तरीय भलिबल प्रतियोगिताको बिहीवारको खेलबाट सेमिफाइनलको समिकरण पूरा भएको छ ।
सेमिफाइनलमा आयोजक झापा गाउँपालिका सहित झापाको बिर्तामोड र दमक नगरपालिका र संखुवासभाको सभापोखरी गाउँपालिका आआफ्नो खेल जित्दै सेमिफाइनमा प्रवेश पाएका छन ।
आजै भएको क्वाटरफाइनलको खेलबाट झापाको बाह्रदशी गाउँपालिका सहित भोजपुरको रामप्रसाद राई गाउँपालिका टेक्के मयुङ गाउँपालिका र सोलुखुम्बुको नेचा सल्लेरी गाउँपालिकाको टिम पराजित हुदै विदा भएका छन ।

सेमि फाईलमा प्रवेश गर्ने यी अन्तिम चारका टिमले कम्तीमा १० हजार १११ रुपैँयाभन्दा माथिको पुरस्कारको रक्षा गरेका छन । बिहिबारको पहिलो खेलमा दमक नगरपालिकाले सोलुखुम्बुको नेचा सल्लेरी गाउँपालिकालाई २५—२०, २५—१७ र २५—२३ को सोझो सेटमा पराजित गर्दै सेमिको यात्रा पक्का गरेको हो । सो खेलको उत्कृष्ट खेलाडी दमकका प्रकाश लिम्बु हुनुभयो । दोस्रो खेलमा भोजपुरको सभापोखरी गाउँपालिकाले भोजपुरकै रामप्रसाद राई गाउँपालिकाको टिमलाई ३—१ को सेटले हराउदै सेमिफाइनलमा प्रवेश पाएको हो । सभापोखरीले पहिलो सेट २५—२२ र दोस्रो सेट २५—२१ ले जित्दा तेस्रो सेट रामप्रसाद राई गाउँपालिकाले २५—१६ ले जितेर खेलमा फर्कने प्रयास गरेको थियो तर चौथो सेट सभापोखरीले पुन २५—१३ ले जित्दै खेल आफ्नो पक्षमा पारेको थियो सो खेलको उत्कृष्ट खेलाडी सभापोखरीका दिलबहादुर कट्टेल हुनुभयो । यसैगरि तेस्रो खेलमा बिर्तामोड नगरपालिकाले बेष्ट अफ फाइभमा भोजपुरको टेम्के मयुङ गाउँपालिकालाई हराउदै सेमिफाइनलको यात्रा पक्का गरेको हो । बिर्तामोडले पहिलो र दोस्रो सेट २५—१६ र २५—१८ ले जित्दा तेस्रो र चौथो सेट टेम्केले २५—२२ र २३—२५ ले जितेर खखेल रोमांचक बनेको बनेको थियो । अन्तिम सेट बिर्तामोडले १५—१३ ले जित्दै टेक्केको चुनौती पन्छाएको हो । उक्त खेलको उत्कृष्ट खेलाडी टेक्केका सरोज राई हुनुभयो ।
बिहीवारको अन्तिम खेलमा आयोजक झापा गाउँपालिकाले झापाकै बाह्रदशी गाउँपालिकालाई २५—२२, २५—२७ र २५—२२ को प्रतिस्पर्धात्मक सोझो सेटमा हराउदै सेमिफाइनलको यात्रा पक्का गरेको हो ।
सो खेलको उत्कृष्ट खेलाडी आयोजक झापा गाउँपालिकाका रोषन शिवाकोटी हुनुभयो ।
शुक्रवारको पहिलो सेमिफाइनल खेल सभापोखरी संखुवासभा र झापा दमक बिच बिहान १० बजे र दोस्रो सेमिफाइनल खखेल दिउसो १ बजे बिर्तामोड नगरपालिका र आयोजक झापा गाउँपालिकाविच हुने आयोजक समितिका सागरकिरण भट्टराईले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रदेश नम्बर एकका २२ पालिकाको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमले नगद १ लाख १ हजार १ सय ११ , ७१ हजार १११, २१ हजार १११ र सान्तना हुने एक टिमलाई १० हजार १ सय ११ रुपैँया पाउने छन । प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीले नगद सहित पुरस्कार पाउदा सर्वोकृष्ट खेलाडीले समेत नगद १० हजार रुपैँया पाउने छ । प्रतियोगिताको फाइनल खेल शनिवार हुने छ ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू