कनकाई अनलाईन
नेपाल भ्रमण बर्ष २०२० को पहिलो दिन आउने आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गरि यहाँस्थित दोमुखा धार्मिक तथा पर्यटकिय विकास संस्थाले सास्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
पर्यटकिय संस्थाको आयोजनामा स्थानीय तथा राष्ट्रिय कलाकारद्धारा साङ्गितिक कार्यक्रमको आयोजना गरिएको थियो भने स्थानीय कला र सस्कृतिको समेत प्रदर्शन गरिएको विकास संस्थाका अध्यक्ष धनप्रसाद लावतीले बताउँनुभयो ।
कार्यक्रममा वोल्दै शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालले भ्रमण बर्ष सफल बनाउनु सरकारको मात्रै नभएर सबै नेपालीको साझा दायित्व भएको बताउँनुभयो ।
शिवसताक्षी १० का वार्डध्यक्ष कर्णबहादुर थापाले भ्रमण बर्ष नेपालीको साझा चाड भएकोले सबैको घरआगनमा भित्रिसकेको बताउँनुभयो । दोमुखामा यस बर्षभरिनै यस्ता सास्कृतिक कार्यक्रमले निरन्तता पाउने समेत बताउँनुभयो ।
कार्यक्रममा गैडे सामुदायिक वन समुहका अध्यक्ष अमृतबहादुर कार्की, माइधार बजार व्यावस्थापन समितिका अध्यक्ष कुमार गिरी, फागुनन्द खानेपानीका भवानी सेलिङ, माइधार मुक्तिघाटका अध्यक्ष लीला भट्टराई लागायातको आथित्यता रहदा कलाकारहरु सुरज चेम्जोङ, स्वच्छा राई, मेची अंग्रेजी मावि माइधार , रेडरोज लगायातका बिद्यार्थीले समेत साङगितीक प्रस्तुती दिएका थिए । कार्यक्रमको संचालन दोमुखा पर्यटकिय संस्थाका धनकुमार ढकालले गर्नुभएको थियो ।
यसैगरि नयाँ बर्षको दिन झापाका अन्य पर्यटकिय क्षेत्र कनकाईको हेप्पीलैण्ड फनपार्क, जामुनखाडी सिमसार , कालिका सिमसार लगायातमा समेत आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ ।
त्यी पर्यटकिय संस्थाले समेत भ्रमण बर्षको अवधिभर सास्कृतिक र साङ्गीतिक कार्यक्रमको आयोजना गरि नेपाल भ्रमण बर्ष मनाउने जनाएका छन ।