लीलाराज झापाली । शरणामती १६ गते ।
झापाको झापा गाउँपालिका ६ शरणामतीमा जारी अध्यक्ष कप प्रदेश नम्बर १ पालिका स्तरीय भलिबल प्रतियोगिताको बुधवारको खेलमा झापाको बिर्तामोड, संखुवासभाको सभापोखखरी र भोजपुरका रामप्रसाद राई गाउँपालिका र टेक्के मयुङ गाउँपालिका आआफ्नो खेलमा जित निकाल्दै क्वाटर फाइनलमा प्रवेश पाएका छन ।
बुधबार भएको पहिलो खेलमा सभापोखरीले झापाको कनकाई नगरपालिकालाई २५—१४, २५—१९ र २५—१६ को सोझो सेटमा पराजित गरेको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी भने कनकाई नगरपालिकाका सरोज चम्लगाईँ हुनुभयो । उहाँले नगद एक हजार रुपैँया नगद सहित ट्रफि पाउनुभयो ।
बुधवार भएको दोस्रो खेलमा भोजपुरको टेम्के मयुङ गाउँपालिकाले झापाको मेचीनगरलाई बेष्ट अफ फाइभको प्रतिस्पर्धामा हराएको छ ।
रोमांचक रहेको खेलमा पहिलो दुई सेट मेचीनगरले जितेर पनि पछिल्ला लगातार तीन सेट पराजित हुनपुगेको थियो । मेचीनगरले २५—१७ र २५—१५ मा दुई सेट जित्दा त्यसपछिका लगातार तीन सेट टेम्केले २५—१५, २५—१६ र १५—९ ले जित्दै जित आफ्नो पक्षमा पारेको थियो ।
दोस्रो खेलको उत्कृष्ट खेलाडी मेचीनगरका रोमान्स राई हुनुभयो ।
तेस्रो खेलमा भद्रपुरलाई सोझो सेटमा हराउदै रामप्रसाद राई गाउँपालिका बिजयी भएको छ । रामप्रसाद राई गाउँपालिकाले भद्रपुरलाई २३—२५, २२—२५ र २०—२५ ले हराएको हो । प्रतियोगिताको उत्कृष्ट खेलाडी भद्रपुरका लिब्रो पारस शर्मा हुनुभयो ।
बुधवारको अन्तिम खेलमा भने झापा बिर्तामोडले रोमांचक जित निकालेको छ । बिर्तामोडले भोजपुरको आमचोक गाउँपालिकालाई बेष्ट अफ फाइभमा हराएको छ । आमचोकले दुई सेट २१—१५र १९—२५ ले जित्दा बिर्तामोडले पनि १५—२५, २१—२५ र अन्तिम सेट १५—१३ ले जित्दै बिजयी बनेको हो । प्रतियोगिताको म्यान अफ द म्याच बिर्तामोडका रोषन डाँगी हुनुभएको आयोजक समितिका सागरकिरण भट्टराईले बताउँनुभयो ।
बिहीवार समेत सधाझै नियमित ४ खेल हुने खेल रेफ्री राजु पाठकले जानकारी दिनुभएको छ । बिहीवार समेत झापाको दमक नगरपालिका र सोलुखुम्बुको नेचा सल्लेरी गाउँपालिकाविच पहिलो खेल विहान ८ बजे यसैगरि दोस्रो भोजपुरकै रामप्रसाद राई र सभापोखरी गाउँपालिका बिच तेस्रो खेल भोजपुरकै टेम्के मैयुङ र झापाको बिर्तामोड र अन्तिम खेल आयोजक झापा गाउँपालिका र बाह्रदशी गाउँपालिकाविच हुने आयोजक समितिका अध्यक्ष गजेन्द्र ताम्लीले बताउँनुभयो ।
प्रतियोगितामा प्रदेश नम्बर एकका २२ पालिकाको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमले नगद १ लाख १ हजार १ सय ११ , ७१ हजार १११, २१ हजार १११ र सान्तना हुने एक टिमलाई १० हजार १ सय ११ रुपैँया पाउने छन । प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीले नगद सहित पुरस्कार पाउदा सर्वोकृष्ट खेलाडीले समेत नगद १० हजार रुपैँया पाउने छ । प्रतियोगिताको फाइनल खेल शनिवार हुने छ ।