सभासद थापाद्धारा क्याम्पस प्रमुख र अध्यक्षविरुद्ध उजुरी


कनकाई अनलाईन
प्रदेश सांसद हिरा थापाद्धारा कनकाई बहुमुखी क्याम्पस सुरुङाका अध्यक्ष प्रकाश चुडाल र क्याम्पस प्रमुख विकास उप्रेती विरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा कारवाहीको माग गर्दै उजुरी दिएका छन् ।

क्याम्पसमा शनिवार भएको क्याम्पससभामा सांसद् थापामाथि आक्रमण गरि माइन्युट खोसिएको थियो । उनी कनकाई क्याम्पस सुरुङाका क्याम्पससभा अध्यक्ष समेत हुन् । सभाको अन्तिम समयमा उनीमाथि आक्रमण भएको थियो ।

केहि महिनादेखि विवाद भइरहेको कनकाई बहुमुखी क्याम्पस सुरुङामा विवाद समाधानसँगै नियमित प्रक्रिया अनुसार सभा आयोजना गरिएको थियो । सो सभाले विधान बमोजिम गरेका निर्णय हलमा सुनाउँदै गर्दा क्याम्पस प्रमुख उप्रेती र अध्यक्ष चुडालको टोलीले आफुसगै भएको माइन्यूट र विधान खोसेर च्यातेको थापाले जानकारी दिए ।

‘ममाथि आक्रमणगरि माइन्युट खोसियो तर भाग्यले ठुलो दुर्घटनाबाट बचे थापाले भन्नुभयो । दिनभर भएको सभाले विधान विपरित भएको सञ्चालक समिति सदस्यको मनोनयन, प्राध्यापक र कर्मचारी निष्काशनको निर्णय बदर गरेको थियो । सो निर्णय लेखिएको माइन्यूट पढेर सुनाउने क्रममा खोसेर च्यात्ने काम भयो, सांसद् थापाले भने ।

विवादित क्याम्पस सञ्चालक समितिका अध्यक्ष चुडाल अवैधानिक भएको निर्णय भएपछि चुडाल समर्थकले सांसद् थापामाथि आक्रमण गरेको बताइएको छ ।

कनकाई बहुमुखी क्याम्पसमा केहि महिनादेखि प्राध्यापक संघका सभापति हरिप्रसाद तिम्सिनालाई निकालेपछि विवाद सुरु भएको थियो । झापाका प्रमुख जिल्ला अधिकारीको रोहवरमा क्याम्पस सभाले सबै समस्याको समाधान गर्ने अख्तियारी पाएको थियो ।

सोहि सहमतिपछि क्याम्पसको विवाद समाधान उन्मुख थियो । तर, क्याम्पससभाको अप्रिय घटनाले क्याम्पसलाई थप समस्यातर्फ धकेलेको स्थानीय सरोकारवाला बताएका छन् ।

शनिवारको घटनालाई नेपाल कम्युनिस्ट पार्टी नेकपा कनकाई नगर अध्यक्ष रविन्द्र लम्सालले भत्सर्ना गरेका छन् । हामीले अहिलेसम्म विधिसम्मत जाउ भनेर पर्खियौ, सिडियो कार्यालयमा भएको सहमति अनुसार क्याम्पससभा बोलाएकोमा बहुमत क्याम्पससभाका सदस्यहरुको निर्णय सुनाउने क्रममा हुलहुज्जत गर्दै माइन्युट खोस्ने र माननीय माथिको आक्रमणको घोर भत्सर्ना गर्दछौ– अध्यक्ष लम्सालले भने ।

अध्यक्ष चुडालले सभाको एजेण्डा विपरित सांसद् थापाले निर्णय सुनाएपछि घेराउमा मात्रै गरिएको बताएका छन् । क्याम्पससभाका सदस्यहरुको भावना विपरित समिति नै अवैधानिक गरेको निर्णय सुनाएपछि तछाडमछाड–खोसाखोस भएको हो तर आक्रमण चाहि गरिएको होइन चुडालले भन्नुभयो । चुडालले माइन्युट तानातान भएपनि बाकी कुरा आरोपमात्रै भएको बताए ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनझापाको दुुई छुुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ ।आइतवार ५ बजेको समयमा मोटरसाईकल दुर्घटनामा…

कनकाई अनलाईनबिर्तामोड नगरपालिकाले अप्रत्यासित रुपमा कर बृद्धि गरेपछि नेपाली कांग्रेस क्षेत्र नं।–२ प्रदेश ‘क’ र बिर्तामोड नगरसमितिले सर्बसाधारण जनतालाई राहत…

कनकाई अनलाईनकाठमाडौं । चेक बाउन्स भएमा अब प्रहरीले पक्राउ गर्न सक्ने भएको छ । सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाउदै…

प्रतिकृयाहरू