प्रदेस सभा सदस्य हिरा थापामाथि आक्रमण


कनकाई अनलाईन
झापा क्षेत्र नम्बर ४ को प्रदेससभा ख कासदस्य हिराकुमार थापामाथि आक्रमण भएको छ ।
कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका क्याम्पससभा अध्यक्ष समेत रहेका थापामाथि अहिले साँझ ८ बजे आक्रमण भएको हो । आज कनकाई बहुमुखी क्याम्पसको क्याम्पससभा थियो । क्याम्पससभा लम्बिएर राती ८ बजेसम्म पुगेर क्याम्पस सभाले अहिलेको प्रकाश चुडालको नेतृत्व अबैधानिक भएको हलले निर्णय गरेपछि थापा सोहि व्याहोराको निर्णय लेख्दैगर्दा एक्कासी हलभित्र एक समुह हलभित्र प्रवेश गरि थामामाथि आक्रमण गरि लेख्दालेख्दैको माइन्युत समेत खोसेर लगेको छ ।

कनकाई बहुमुखी क्याम्पसमा केहि महिनादेखि प्राध्यापक संघका सभापति हरिप्रसाद तिम्सिनालाई निकालेपछि विवाद सुरु भएको थियो । झापाका प्रमुख जिल्ला अधिकारीको रोहवरमा आज पुस १२ गते क्याम्पस सभाले सबै समस्याको समाधान गर्ने सहमति बनेपछि विवाद मिलेको थियो । आज क्याम्पसमा भएको क्याम्पससभामा क्याम्पस सभाकै अध्यक्षमाथि हातपात र माइन्युत खोसिएपछि क्याम्पसको समस्या थप जटिल बनेको छ ।

यता नेकपाका कनकाई नगर अध्यक्ष रविन्द्र लम्सालले माननीय थापामाथि भएको आक्रमण र माइन्युट लुट्ने क्रियाकलापको भर्सना गर्नुभएको छ ।
हामीले अहिलेसम्म विधिसम्मत जाउ भनेर आजसम्म पर्खियौ सिडियो कार्यालयमा भएको सहमति अनुसार आजको क्याम्पससभा बसाएकोमा बहुमत क्याम्पससभाका सदस्यहरुको निर्णय लेख्नेक्रममा हुलहुज्जत गर्दै माइन्युट खोस्ने र माननीय माथिको आक्रमणको घोर भर्सना गर्ने बताउँनुभएको छ । क्याम्पसको वारेमा अहिले नेकपाको बैठक चलिरहेको छ ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू