तेस्रो सताक्षी गोल्डकप फागुन १ देखि


कनकाई अनलाईन
झिलझिले । दोस्रो सताक्षी गोल्डकपको आयव्याय सार्वजनिक गरिएको छ ।
झापाको शिवसताक्षी नगरपालिका झिलझिलेमा आयोजना गरिएको गोल्डकपमा देशकै उत्कृष्ट १० टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा कुल ६६ लाख २५ हजार ९ सय १७ रुपैँया आम्दामी र खर्च कटाएर ७ लाख १४ हजार ८ सय ४८ रुपैँया वचत रहेको र ७ लाख ५२ हजार ५ सय ९२ रुपैँया अझैपनि दायित्व रकम उठन बाकी रहेको गोल्डकप आयोजक समितिका आर्थिक संयोजक गणेश प्रधानले जानकारी दिनुभयो ।
गोल्डकपको तेस्रो संकरण एन्फाको क्यालेन्डर अनुसार आगामी फागुन १ गतेदेखि १० गतेसम्म गणेशमानसिंह अध्यायन प्रतिष्ठानको खेल मैदानमा हुने आयोजक सतासीधाम स्पोटिङ्ग क्लवका अध्यक्ष रमेश लावतीले बताउँनुभयो ।

तेस्रो संकरणमा समेत नेपालका उत्कृष्ट १० टिमको सहभागिता रहने उपाध्यक्ष फुर्वा लामाले बताउँनुभयो ।
कार्यक्रममा बोल्दै शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्माले खेलको माध्यमबाट नगरलाई देशविदेशमा परिचित बनाउन गोल्डकपले मद्धत गरेको बताउँनुभयो । कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपाल, सुकुम्वासी समस्या आयोजका अध्यक्ष राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाका वडाध्यक्षहरु भैरव श्रेष्ठ, छविलाल पाठक, थीरसिंह बस्नेत लगायातको आथित्यता रहेको कार्यक्रमको संचालन भाग्य लिम्बुले गर्नुभएको थियो ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनझापाको दुुई छुुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ ।आइतवार ५ बजेको समयमा मोटरसाईकल दुर्घटनामा…

कनकाई अनलाईनबिर्तामोड नगरपालिकाले अप्रत्यासित रुपमा कर बृद्धि गरेपछि नेपाली कांग्रेस क्षेत्र नं।–२ प्रदेश ‘क’ र बिर्तामोड नगरसमितिले सर्बसाधारण जनतालाई राहत…

कनकाई अनलाईनकाठमाडौं । चेक बाउन्स भएमा अब प्रहरीले पक्राउ गर्न सक्ने भएको छ । सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाउदै…

प्रतिकृयाहरू