एनप्याप्सन कपको उपाधि नमुना मावि चकचकीलाई


कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ७ दुर्गापुरस्थित फक्तालुङ एजुकेशन फाउण्डेशनमा जारी क्षेत्रनम्बर २ स्तरीय एनप्याससन अन्तरबिद्यालय पुरुष भलिबलको उपाधि बाह्रदशी गाउँपालिकास्थित नमुनामावि चकचकीले हात पारेको छ ।

आज सम्पन्न खेलमा होलिबेशिल अंग्रेजी मावि लक्ष्मीपुर दोस्रो र आयोजक फक्तालुङ एजुकेशन फाउण्डेशन तेस्रो भएको छ ।


बिजयी सबै बिद्यालयलाई एनप्याप्सनका केन्द्रिय सदस्य धर्मराज माझि, जिल्ला उपाध्यक्ष हरि राना, एनप्याशनका रामकुमार राजंबशी, मोहन आचार्य, अशोक न्यौपाने, धिरज गणेश लगायातका अतिथिहरुले शिल्ड तथा पुरस्कार प्रदान गर्नुभयो ।

फक्तालुङ एजुकेशनका संस्थापक दुर्गा नेम्बाङको अध्यक्षतामा भएको कार्यक्रमको संयोजक फक्तालुङ एजुकेशन फाउण्डेशनका पिन्सिपल ओमबिक्रम नेम्बाङ रहनुभएको थियो । प्रतियोगितामा एनप्याप्सनका रहेका दर्जनौ विद्यालयको सहभागिता रहेको थियो । उक्त खेलकुद प्रतियोगिताको औपचारिक कार्यक्रम फक्तालुङका लक्ष्मी अधिकारी र देवि अधिकारीले गर्नुभएको थियो ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू