सुरुङ्गाकी आस्था खरेलले जन्मदिनमा वाढिन विद्यार्थीलाई न्यानो कपडा


कनकाई अनलाईन
झापा कनकाई नगरपालिका ३ निवासी आस्था खरेलले आफ्नो २१ औ बार्षिक जन्मोत्सवको अवशर पारेर आज यहाँस्थित कनकाई गायत्री वैदिक विद्यापीठका बिद्यार्थीलाई खाना र न्यानो कपडा वितरण गर्नुभएको छ ।


भारतको बैङलोरमा नर्सिङको अध्यापन गरिरहनुभएकी खरेलले आफ्नो जन्मदिनको खर्च कटाएर विद्यालयमा २० जना विद्यार्थी र कर्मचारीलाई न्यानो कपडा र खाद्यान बितरण गर्नुभएको हो ।


कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य हिराकुमार थापा, कनकाई नगरपालिका वार्डनम्बर ४ का वडाध्यक्ष गोविन्द पौड्याल , कनकाई धाम धार्मिक विकास संस्थाका अध्यक्ष नवलकिशोर दत्त, सहारा सर्पदर्श केन्द्रका अध्यक्ष लीलाप्रसाद चिमरिया, नेकपा कनकाईका अध्यक्ष रविन्द्र लम्साल, सुरुङ्गा बजार व्यावस्थापन समितिका अध्यक्ष टिकाप्रसाद पोखरेल, राप्रपाका क्षेत्रिय सभापति नारायणप्रसाद पोखरेल, नगरअध्यक्ष ज्योतीकुमार उप्रेती लगायातका व्याक्तिले जन्मदिनको रकमले पश्चिमेली संस्कारमा तडक भडक गर्नुभन्दा कमजोर आर्थिक अवस्थाका विद्यार्थीलाई सहयोग गर्दा असल कार्यको सुरुवात भएको बताउँनुभयो ।


कार्यक्रममा बोल्दै आस्थाका आमा अम्बिका र पिता कमल खरेलले छोरीको इच्छा बमोजिम विद्यालयमा जन्मदिन मनाएको बताउँनुभयो । बजार व्यावस्थापन समितिका सहसचिव गोविन्द सुवेदीले कार्याक्रमको संचालन गर्नुभएको थियो ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनकनकाई बहुमुखी क्याम्पसका मानविकी स्नातक तेस्रो बर्षका विद्याथीैहरुद्धारा पत्रकारिता अभ्यास पत्रिका कनकाई सन्देश विशेष कार्यक्रमका विच राजनैतिक विश्लेषक डाक्टर…

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

प्रतिकृयाहरू