कनकाई कपको फाईनल भोली अर्जुनधारा र बिर्तामोड भिड्दै


कनकाई अनलाईन

चौथो कनकाई कपको फाइनल भिडन्तमा बिर्तामोड र अर्जुनधारा आमने सामने हुने भएका छन ।
बिर्तामोडले सेमिका आयोजक कनकाई नगरपालिकालाई १ सुन्य गोलअन्तरले पाखा लगाउँदै फाइनलको यात्रा गर्दा , समान नतिजा निकाल्दै आएको अर्जुनधारा नगरपालिकाको टिम झापाको कनकाई नगरपालिकामा जारी चौथो कनकाई कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतवार भएको अन्तिम सेमिफाइनल खेलमा बाह्रदशी पालिकाको टिमलाई ४(० गोलले पराजित गर्दै अजुृनधाराले फाइनल यात्रा गरेको हो ।

अर्जुनधाराले यसअघि दमक र गौरादह नगरपालिकालाई पनि समान ४(० गोलले पराजित गरेको थियो ।अर्जुनधाराको जीतमा डिफेन्डर प्रमोद चौधरीले खेलको १५औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । खेलको २८औँ मिनेटमा सरोज कार्कीले गोल गरेर अग्रता दोब्बर बनाए । खेलको दोस्रो हाफमा थप दुई गोल भएको थियो ।७० मिनेटको खेलमा अर्जुनधाराका कप्तान पुष्प मादेनले खेलको ४३ र ५८औँ मिनेटमा गोल गर्दै फराकिलो नतिजा निकालेका थिए ।खेलको म्यान अफ दी म्याच अर्जुनधाराका प्रमोद चौधरी घोषितहुँदै नगद २ हजार पुरस्कार पाउन सफल भए । अर्जुनधाराले मंगलबार बिर्तामोड नगरपालिकाको टिमसँग फाइनल खेल खेल्नेछ ।कनकाई खेलकुद प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ११ हजार १११ र दोस्रो हुने टिमले ५५ हजार १११ रुपैयाँ पाउनेछन् ।प्रतियोगिता कनकाई माविको खेल मैदानमा हुदै छ । प्रथम र दोस्रो हुने टिमलाई प्रदेशसभाका सभामुख सोमनाथ अधिकारी प्यासीले पुरस्कार प्रदान गर्ने आयोजक समितिका अध्यक्ष दुर्गा प्रसाईले बताउँनुभयो ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनकनकाई बहुमुखी क्याम्पसका मानविकी स्नातक तेस्रो बर्षका विद्याथीैहरुद्धारा पत्रकारिता अभ्यास पत्रिका कनकाई सन्देश विशेष कार्यक्रमका विच राजनैतिक विश्लेषक डाक्टर…

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

प्रतिकृयाहरू