सुरुङ्गा बजार व्यावस्थापन समितिमा पोखरेल


कनकाई अनलाईन
लामो समयदेखि रिक्त रहेको सुरुङ्गा बजार व्यावस्थापन समितिको अध्यक्षमा यस क्षेत्रका समाजसेवी व्याक्तित्व टिकाप्रसाद पोखरेल सर्वसम्मत हुनुभएको छ ।
आज कनकाई नगरपालिका वार्डनम्बर ३ मा भएको भेलाले पोखरेलको नेतृत्वमा २ सदस्य पछि थप गर्नेगरि ११ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा यदुनाथ अधिकारी सचिवमा अर्जुनकुमार बिमली सहसचिवमा गोविन्द सुवेदी र कोषाध्यक्षमा धनकुमारी खनाललाई सर्बसम्मत गरेको छ । भेलाले सदस्यहरुमा डिल्लीराम उप्रेती, लीला प्रसाई संग्रौला , प्रेम संग्रौला र घनेन्द्र बस्नेत रहनुभएको थियो । कार्यक्रम कनकाई नगरपालिका वार्डनम्बर ३ का वडाध्यक्ष रुद्रप्रसाद चिमरियाको सभापतित्वमा सम्पन्न भएको थियो । यस अघिको देविप्रसाद खरेलको अध्यक्षतामा रहेको समितिको कार्यकाल सकिएपछि वार्ड कार्यालयको पहलमा समिति गठन गरिएको हो । समितिले सुरुङ्गा बजार व्यावस्थापन सपिङ्ग कम्प्लेक्स भवन निर्माण लगायातको काम गर्ने छ ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनझापाको दुुई छुुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ ।आइतवार ५ बजेको समयमा मोटरसाईकल दुर्घटनामा…

कनकाई अनलाईनबिर्तामोड नगरपालिकाले अप्रत्यासित रुपमा कर बृद्धि गरेपछि नेपाली कांग्रेस क्षेत्र नं।–२ प्रदेश ‘क’ र बिर्तामोड नगरसमितिले सर्बसाधारण जनतालाई राहत…

कनकाई अनलाईनकाठमाडौं । चेक बाउन्स भएमा अब प्रहरीले पक्राउ गर्न सक्ने भएको छ । सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाउदै…

प्रतिकृयाहरू