कनकाई कपमा बिर्तामोड भाग्यमानी


कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका स्थित कनकाई माविमा जारी चौथो कनकाई कप फुटबल प्रतियोगितामा बिर्तामोड भाग्यमानी टिम सावित हुदै आएको छ ।
सोमवारको खेलमा शिवसताक्षी फुटबल क्लवलाई २— १ गोलअन्तरले हराउदै बिर्तामोड नगरपालिका बिजयी भएको थियो । जहाँ खेल सकिन केहि सेकेन्ड बाकी रहदा बिर्तामोड बिजयी भएको थियो । यता बिहिबारको खेलमा पनि साबिक बिजेता झापा गाउँपालिकालाई ट्राई ब्रेकरमा पछि पादै आफ्नो बिजयी यात्रालाई निरन्तता दिएको छ ।

खेल अवधिभर गोल रहित बराबरीको खेल खेलेको बिर्तामोडले ट्राई ब्रेकरमा पनि पछि परेको अवस्थामा सुधार ल्याउदै जित दर्ता गरेको हो । ट्राई ब्रेकरमा बिर्तामोड ४—२ गोलले बिजयी भएको हो । खेलमा झापाका खेलाडीको प्रहार विफल पार्ने बिर्तामोडका गोलकिपर अनुकरण श्रेष्ठ खेलको म्यान अफ द म्याच हुनुभयो । उहाँलाई समाजसेवि कमल खरेलले नगद सहित ट्रफि प्रदान गर्नुभयो । यसैविच शुक्रवारको खेल गौरादह नगरपालिका र अर्जुनधारा नगरपालिकाविचको खेल हुने आयोजक कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष दुर्गा प्रसाईले बताउँनुभयो । कनकाई माविको खेल मैदानमा भैरहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ११ हजार १ सय ११ र दोस्रो हुने टिमले ५१ हजार १ सय ११ रुपैँया पाउनेछन ।

प्रथम पुरस्कार कनकाई नगरपालिका र दोस्रो पुरस्कार झापा गाउँपालिकाले प्रायोजन गरेको हो ।

म्यान अफ द म्याच बिर्तामोडका गोलकिपर श्रेष्ठलाई नगद र ट्रफि दिदै कमल खरेल र प्रतिस्पर्धा गर्दै झापा र बिर्तामोडका खेलाडीहरु तस्वीर ः कनकाई अनलाईन


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनझापाको दुुई छुुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ ।आइतवार ५ बजेको समयमा मोटरसाईकल दुर्घटनामा…

कनकाई अनलाईनबिर्तामोड नगरपालिकाले अप्रत्यासित रुपमा कर बृद्धि गरेपछि नेपाली कांग्रेस क्षेत्र नं।–२ प्रदेश ‘क’ र बिर्तामोड नगरसमितिले सर्बसाधारण जनतालाई राहत…

कनकाई अनलाईनकाठमाडौं । चेक बाउन्स भएमा अब प्रहरीले पक्राउ गर्न सक्ने भएको छ । सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाउदै…

प्रतिकृयाहरू