बसको ठक्करले आज बिहानै बिर्तामोडमा एकको गयो ज्यान


कनकाई अनलाईन
बिर्तामोड । बसको ठक्करले आज बिहान बिर्तामोडमा एक जना पैदल यात्रीको मृत्यू भएको छ ।

इलाम घर भएका अन्दाजी ५५ वर्षीय कनकाई ८ लक्ष्मीपुर बस्दै आएका होमनाथ ढुङगेलको मृत्यू भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ढुङ्गेल सताक्षी सहकारीका सुरक्षा गार्ड रहेको बुझिएको छ ।

विहान ५ः३० बजे विरगञ्जबाट काँकरभिट्टा तर्फ जाँदै गरेको ना ४ ख ६११६ नम्बरको बसले ढुङ्गेललाई ठक्कर दिएको थियो । उनको उपचारको क्रममा मृत्यू भएको छ । ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको ट्राफिक कार्यालयले जानकारी दिएको छ ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनझापाको दुुई छुुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ ।आइतवार ५ बजेको समयमा मोटरसाईकल दुर्घटनामा…

कनकाई अनलाईनबिर्तामोड नगरपालिकाले अप्रत्यासित रुपमा कर बृद्धि गरेपछि नेपाली कांग्रेस क्षेत्र नं।–२ प्रदेश ‘क’ र बिर्तामोड नगरसमितिले सर्बसाधारण जनतालाई राहत…

कनकाई अनलाईनकाठमाडौं । चेक बाउन्स भएमा अब प्रहरीले पक्राउ गर्न सक्ने भएको छ । सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाउदै…

प्रतिकृयाहरू