गौरीगंजको गोलपोष्टमा बाह्रदशीको ७ गोल


कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका स्थित कनकाई माविमा जारी चौथो कनकाई कप फुटबल प्रतियोगिताको दोस्रो खेलमा बाह्रदशी गाउँपालिकाले फराकिलो जित निकालेको छ ।
बाह्रदशीले गौरीगंज गाउँपालिकालाई १ का बिरुद्ध ७ गोलले हराएको हो । बाह्रदशीका लागि गणेश हेमरमले एक्लै ४ गोल लगाउनुभयो । उहाँ खेलको म्यान अफ द म्याच समेत हुनुभयो । उहाँलाई समाजसेवी पदम उप्रेतीले नगद पुरस्कार प्रदान गर्नुभयो । बाह्रदशीका लागि अमृत मुर्मुले २ गोल र श्याम मुर्मुले १ गोल गर्नुभयो ।

गौरीगंजका लागि एकमात्र शान्तना गोल खेलको २६ औ मिनेटमा प्रविन विकले गर्नुभयो । सोमवारको खेल बिर्तामोड नगरपालिका र शिवसताक्षी नगरपालिकाविच रहने आयोजक कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष दुर्गा प्रसाईले बताउँनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ११ हजार १ सय ११ र दोस्रो हुने टिमले ५१ ह्जार १ सय ११ रुपैँया पाउने छन ।
फोटो ः बाह्रदशीका म्यान अफ द म्याच खेलाडी गणेश हेमरम तस्वीर ः लीलाराज झापाली


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनझापाको दुुई छुुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ ।आइतवार ५ बजेको समयमा मोटरसाईकल दुर्घटनामा…

कनकाई अनलाईनबिर्तामोड नगरपालिकाले अप्रत्यासित रुपमा कर बृद्धि गरेपछि नेपाली कांग्रेस क्षेत्र नं।–२ प्रदेश ‘क’ र बिर्तामोड नगरसमितिले सर्बसाधारण जनतालाई राहत…

कनकाई अनलाईनकाठमाडौं । चेक बाउन्स भएमा अब प्रहरीले पक्राउ गर्न सक्ने भएको छ । सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाउदै…

प्रतिकृयाहरू