कनकाई अनलाईन
धरानस् नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेमाथि आज बिहिबार दिउँसो आक्रमण भएको छ ।
सल्लेरी वचत तथा ऋण सहकारी संस्थाका पीडित वचतकर्ताहरुले पत्रकार काफ्लेलाई आक्रमण गरेका हुन् । उनीहरुको आन्दोलनको समाचार संकलन गर्न ढिला पुगेको भन्दै गालीगलौज गर्दै केही पीडित भनिएका वचतकर्ताहरुले काफ्लेमाथि एक्कासी आक्रमण गरेका हुन् । आक्रमणबाट पत्रकार काफ्लेको देब्रे आँखामा गम्भीर चोट लागेको छ भने नाचको टुप्पो भाँचिएको सिटिस्क्यानबाट देखिएको छ ।
उनलाई विजयपुर हस्टिपलमा प्रारम्भिक उपचार गरी अहिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारको लागि लगिएको छ । स्वास्थ्य अवस्था भने उनको खतरामुक्त छ । ‘समाचार लेख्न किन ढिलाई आइस भनेर विवाद गर्न थाल्यो, एक जनाले त हानीहाल्यो,’घाइते पत्रकार काफ्लेले भने । पत्रकार काफ्ले न्युज२४ टेलिभिजनमा कार्यरत छन् ।
काफ्लेलाई नरेश साही, दिपक राई र एक महिलाले आक्रमण गरेका हुन् । भीडमा अन्यले पनि कुटपिट गरेको बताइएको छ । पत्रकार आक्रमणको आशंकामा सल्लेरी पीडित वचतकर्ताहरु २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । घाइते पत्रकार काफ्लेको वयान तथा उजुरीको आधारमा निर्दोष देखिएकाहरुलाई भने छाडिने डिएसपी न्यौपानेले बताए ।