कनकाई ३ आफ्नै कार्यालयमा


कनकाई अनलाईन
कनकाई नगरपालिकाको राजधानी मानिने वार्ड कनकाई ३ नम्बर वार्ड आजदेखि आफ्नै वडामा सरेको छ ।
सुरुङ्गा टप्पुमा रहेको सो वार्ड कार्यालय साविकको सुरुङ्गा गाविस कार्यालय भवनमा सरेको हो । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल र उपप्रमुख मन्जु प्रसाईले रिवन काटी वार्डकार्यालयको उद्घाटन गर्नुभयो । कार्याक्रममा बोल्दै मेयर पोखरेलले सरकारले गाउँघरमै सरकार पुगेको आभाष दिलाउन सम्बन्धित वार्डमै वार्ड कार्यालय लगिएको बताउनुभयो । जनतालाई यसबाट काम कार्वाह ीगर्न सहज बन्ने विश्वास पोखरेलले व्याक्त गर्नुभयो । कार्यक्रममा बोल्दै उपप्रमुख प्रसाईले अव जनताको काम कर्मचारीले समेत मुस्कानसहि तगर्दै जिम्मेवार कर्मचारीको भुमिका निर्वाह गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा वडानम्बर ४ का वार्डध्यक्ष गोविन्दप्रसाद पौड्याल, राप्रपा नेपालका अध्यक्ष ज्योतीकुमार उप्रेती, जेष्ठ नागरिक समाजका अध्यक्ष पुण्यप्रसाद बाह्रकोटी लगायातले आआफ्नो धारणा राख्नुभएको थियो । परिषद सदस्य युवराज चम्लगाईको स्वागत छवि थपलियाको संचालन रहेको कार्याक्रम वार्डअध्यक्ष रुद्रप्रसाद चिमरियाको सभापतित्वमा भएको थियो । यसैविच नगरप्रमुख पोखरेलले वार्डध्यक्ष चिमरियालाई अध्यक्षको कुर्सीमा राखेर पदभार ग्रहणको सुभारम्भ समेत गराउनुभएको थियो ।
फोटो ः पदभार ग्रहण गराउदै नगरप्रमुख पोखरेल ः रोहित कोइराला÷कनकाई अनलाईन


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू