विप्लव समूहका जिल्ला नेता याम गिरी पक्राउ


कनकाई अनलाईन
प्रहरीले प्रतिवन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका मेचीनगर इञ्चार्जलाई पक्राउ गरेको छ ।

झापा जिल्ला समिति सदस्य समेत रहेका शिवसताक्षी–४, पाँचगाछीका ३७ वर्षीय यामकुमार गिरी पक्राउ परेका हुन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गिरीलाई गएराति तिनकुनेबाट पक्राउ गरेको हो ।

महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार विर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको केन्द्रीय कार्यालयमा विष्फोट गराएको कसुरमा उनलाई पक्राउ गरिएको हो ।

गिरीविरुद्ध विस्तृत अनुसन्धान थालिएको जनाइएको छ ।
झापामा पछिल्लो समय अन्य नेताहरु पार्टी परिवर्तन तथा पक्राउ पर्नथालेपछि गिरीकै नेतृत्वमा पार्टी गतिविधि हुदै आएको थियो ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू