सभामुखका लागि तयार छु, तुम्बाहाम्फे


लीलाराज झापाली
प्रतिनिधिसभा उपसभामुख डा ः शिवमाया तुम्बाहाम्फेले आफुलाई पार्टीले सभामुखको लागि सिफारिस गरेको खण्डमा उच्च कार्यकुशलताका साथ आफुले भुमिका निभाउन तयार रहेको बताउनुभएको छ ।
झापाको बिर्तामोडमा पत्रकार महासंघ झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपसभामुख तुम्बाहाम्फेले आफु महिला भएर भन्दापनि उत्कृष्ट कार्यकुशलता र क्षमताका आधारमा सभामुखका लागि योग्य रहेको दावी गर्नुभयो । नेपालको सांसदीय अभ्यासमा समेत उपसभामुखले सभामुखख भएर सफल कार्यकाल बिताएका नजिर समेत बसिसकेको हुनाले यसैलाई निरन्तरता दिनुपर्छ भन्नेमा आफ्नो माग रहेको तर यसका लागि सम्बन्धित नेताहरुसग छलफल चलिरहेको समेत उहाँले दावी गर्नुभयो ।
आगामि हिउदो अधिवेशनका वेला सभामुखको समेत छिनोफानो हुने भन्दै सबैसग सल्लाह गरेर हिउदे सांसदको अधिवेशन आगामी मंसिर अन्तिम सातासम्ममा तोक्ने तयारी गरिएको समेत उहाँले जानकारी दिनुभयो । उहाँले संविधानत सक्ताशील नेकपाले सभामुख राख्ने हुदा आफुले राजीनामा दिनुपर्ने हुदा आफुले राजीनामा गर्ने तर त्यसपछि आफ्नो भुमिका के रहने भन्ने वारेमा दलले आफुसग छलफल गर्ने हुदा आफ्नो भुमिका सुरक्षित हुनेमा आफु निर्धक्क भएको समेत बताउनुभयो । संविधानमा सभामुख नहुदा उपसभामुखले सभाको सभापतित्व गर्ने कुरा उल्लेख भएपनि विधेयक प्रमाणितका सवालमा संविधान मौन रहेकाले संविधानमै अपूरो हुदा सांसद संचालन र विधेयक प्रमाणित गर्न समस्या भएको समेत बताउँनुभयो ।
तुम्वाहाम्फेले हालसम्म सांसदको चौथो अधिवेशन पार गरिसक्दा १८ ऐन पास गरिसकेको २९ वटा विचाराधिन रहेको र एउटा ऐन सरकारले फिर्ता लिएको बताउदै अहिले प्रतिनिधिसभाबाट पास भएका ५ ओटा विधेयकहरु पासभएपनि प्रमाणित हुन नसकेको अबताउनुभयो ।
विधेयक प्रमाणित गर्नका लागि उपसभामुखले मिल्ने या नमिल्ने भन्ने वारेमा फरक फरक मत समेत आइरहेकोले आफुले कानुन व्यावसायी नेता लगायातसग छलफल अगाडि वढाइरहेको बताउँनुभयो ।
देशमा सिमा विवाद लगायातका विभिन्न कुराहरु उठिरहेको वेला सांसदहरुले समेत यसवारेमा आफ्नो धारणा सांसदमा सुनाउन पाउनुपर्यो भन्ने समेत आवाज उठिरहेको भन्दै आफुले सरकारलाई हिउदे अधिवेशनका लागि आफुहरु तयार भएको जानकारी गराइसकेको समेत जानकारी दिनुभयो । उपसभामुख तुम्बाहाम्फेले सांसदले संघ प्रदेश र स्थानीय सरकारविच कसरी समन्वयकारी भुमिका निर्वाह गर्ने भन्ने विधेयक समेत छलफलको अन्त्यमा पुगिसकेकोले यसबाट सरकार संचालनमा थप मद्धत मिल्ने समेत बताउनुभयो ।
कार्यक्रममा सांसदको अन्तराष्ट्रिय सम्बन्ध समिति सभापति पवित्रा निरौला खरेल , नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष बिक्रम लुइटेल लगायातको आतिथ्यता रहेको थियो । कार्यक्रम पत्रकार महासंघ झापाकी उपाध्यक्ष भीमा शिवाकोटीले संचालन गर्नुभएको थियो ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू