नेकपाको तेस्रो जित कुमाख ५ मा बुडाथोकी अत्याधिक मतले बिजयी


कनकाई अनलाईन
सल्यान । कुमाख गाउँपालिका वडा नम्वर ५ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का धर्मे बुढाथोकी ९ज्वाला० निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार खड्कबहादुर बोहरालाई फराकिलो अन्तरमा हराउँदै बुढाथोकी निर्वाचित भएका हुन् ।

नेकपाका धर्मे बुढाथोकीले ७९२ मत ल्याएर विजयी भएका छन् भने नेपाली कांग्रेसका खड्कबहादुर बोहराले २५१, राप्रपाका गोपाल शाहले २१ मत ल्याएका छन् । ६० मत बदर भएको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।

कुल १ हजार ८ सय ३९ मतदाता रहेको वडामा अध्यक्ष पदका लागि आज भएको निर्वाचनमा १ हजार १ सय २४ जनाले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी हरिबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

तत्कालीन वडा अध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि वडा अध्यक्ष पद खाली भएको थियो ।
यसअघि आजै भएको निर्वाचनमा रोप्लाको थपाड र कंचनपुरको पुर्नवासमा समेत नेकपाका उम्मेद्धार अत्याधिक मतका साथ बिजयी भएका थिए ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू