हाम्रो नेपाल र विकल्प साकोसबीच एकिकरण सम्पन्न


कनकाई अनलाईन
बिर्तामोड र हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोड र विकल्प उपभोक्ता सहकारी संस्था गौरादहबीच शुक्रबार एकीकरण भएको छ ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले दुबै सहकारी एकिकरण भएको प्रमाणपत्र प्रदान गरेको हाम्रो नेपाल साकोसका अध्यक्ष भवानी प्रसाद दंगालले जानकारी दिए ।
एकिकरणपछि संस्थाको नाम हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेको छ । बिभागद्वारा प्राप्त स्वीकृती अनुसार बिकल्प उपभोक्ता सहकारी रहेको स्थानमा हाम्रो नेपालको सेवाकेन्द्र रहने संस्थाका अध्यक्ष दंगालले बताए ।

एकिकरणपछि संस्थाको सञ्चालक,लेखा समिति हाम्रो नेपालकै कायम रहने र विकल्प सहकारीको सम्पत्ती, दायित्व तथा जाहेजेथा हाम्रो नेपालले व्यहोर्ने व्यवस्था गरेको छ ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू