सुरुङ्गामा सुरु भयो महिला हिंसा विरुद्धको अभियान


कनकाई अनलाईन
समानताको पुस्ता बलात्कारविरुद्धको ऐक्यबद्धता भन्ने मुल नाराका साथ झापाका स्थानीय तहहरुमा महिला हिंसाविरुद्धको १६ दिने अभियान मनाउन सुरु गरिएको छ ।
झापाका स्थानीय तहको आयोजना तथा अन्य महिला सम्बन्धि संघ संस्थाहरुले सहआयोजनामा जिल्लाभर प्रत्येक पालिका र वार्डहरुमा समेत विविध जनचेतना तथा दवावमुलक कार्याक्रम गरि यो दिवश मनाउन सुरु गरिएको हो ।
कनकाई नगरपालिकाको आयोजना तथा स्थानीय दुई दर्जन संघ संस्थाको सहआयोजनामा झापा सुरुङ्गामा अभियान सुरु गरिएको छ । नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईको सभापतित्व तथा जेष्ठ महिला सदस्य निर्मला चाम्लिङ्ग राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महिला हिंसा विरुद्धको नारा र प्ले कार्ड लिएर नगर परिक्रमा गरिएको थियो । सो अवशरमा महिला अधिवक्ता देवि निरौला र तारा बाह्रकोटीले महिला हिंसाका अवस्था र कानुनी उपचारका वारेमा एक दिने प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा महिला नेतृ कविता बस्नेत , नगरकी महिला विकास अधिकृत टिका खतिवडा, वार्डध्यक्ष रुद्रप्रसाद चिमरिया , नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खरुदेव चुडाल शिक्षक महासंघ कनकाईकी अध्यक्ष सारदा प्रसाई पाठक लगायातले महिला हिंसाको अन्त्यका लनगि सिंगो समाज लाग्नुपर्ने बताउनुभयो ।
यसैगरि झापाको मेचीनगर नगरपालिकामा समेत महिला हिंसा विरुद्ध जनचेतनामुलक र्याली सहित अभियानको सुरुवात गरिएको छ भने झापाका अन्य पालिकाहरुमा समेत अभियानको सुरुवात गरेको छ । यता ‘समानताको पुस्ताः बलात्कार विरुद्धको ऐक्यवद्धता’ भन्ने मुल नाराका साथ अर्जुनधारामा महिला हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ भएको छ ।
महिला हिंसा विरुद्ध प्रतिवद्ध छु भन्ने अभिव्यक्तिसहितको व्यानरमा हस्ताक्षर गर्दै अभियानको शुभारम्भ गरिएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० र मानवअधिकार समूह अर्जुनधाराको संयुक्त आयोजनामा भएको कार्यक्रमको उद्घाटन नगर उपप्रमुख कमला आचार्यले हस्ताक्षर गर्दै गरेकी थिइन् ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी उपप्रमुख आचार्यले हिंसा विभिन्न प्रकारले हुने भएको बताउँदै हिंसा पुरुषबाट नभई महिलाबाट महिला नै हिंसाको शिकार हुँदै आएको पनि बताइन् । उनले श्रमिक महिला पुरुषलाई असमान ज्याला दिनु पनि हिंसाको एउटा पाटो भएको बताइन् ।
कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जालबाट पनि महिलामा हिंसा बढिरहेको बताउँदै अन्धविश्वास, कुरिती, कुसंस्कारले हिंसालाई बढावा दिन सहयोग पुगेको बताइन् । उनले यस्ता खलका घटनालाई रोक्न गाउँगाउँमा चेतना छर्नुपर्ने बताइन् । उनले वौद्धिक क्षेत्रमा पनि महिलाहरु हिंसा पर्नुपरेको बताउँदै यस्तो स्थितिबाट निस्कनका लागि नगरमात्र नभई सबै लाग्नु पर्नेमा जोड दिइन् ।
लैङ्गिक हिंसा र दुव्र्यवहारः छैन हामीलाई स्वीकार, महिला विरुद्ध हुने सम्पूर्ण हिंसा अन्त्य गर, नारी अस्मीताको रक्षा गर, समान सहभागिताको सुनिश्चिता आजको आवश्यकता भन्ने नारा उल्लेखीत प्लेकार्ड सहित नगर परिक्रमा गर्दै सुरु गरिएको कार्यक्रममा महिला तथा बालबालिका शाखाका सुमित मगर, फोनिज प्रदेश नं। १ का इन्चार्ज दिपीन राई, ज्येष्ठ नागरिक मिलन समाजका सचिव नरेन्द्र तिम्सिना, महिला नेतृ पम्फा विश्वकर्मा, इन्सेक जिल्ला प्रतिनिधि नरेश खाती, सहजकर्ता राजन राई लगायतको सहभागिता रहेको थियो ।
मानवअधिकार समूह अर्जुनधाराका अध्यक्ष चन्द्र सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत सदस्य सुशिला गिरीले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सचिव विष्णु आचार्यले गरेका थिए ।

फोटो ः कनकाई नगरपालिकामा आयोजित कार्यक्रममा झलक तस्वीर लीलाराज झापाली


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू