बिजुलीको पोलमा पनि भ्रष्टाचार

कनकाई अनलाईन
सेवा प्रदायक संस्थाले लिनु पर्ने शुल्क कर्मचारीको तजविजमा छोडिने परम्पराकाकारण कर्मचारी मोटाउने र सरकारी संस्थान दुब्लाउनेक्रम रोकिएको छैन । नेपाल विद्युत प्राधिकरणको विद्युत पोल र विद्युत लाइन उपयोग गरेवापत केवल टेलिभिजन तथा निजी इन्टरनेट सेवा प्रदायक संस्थाबाट लिनु पर्ने रकम कर्मचारीको तजविजमा असुल्ने परम्परा नहटेकैकाकारण ८० प्रतिशतभन्दा बढी रकम चुहावट हुने गर्दा प्राधिकरण दुब्लाउने परम्परा नरोकिएको हो ।
भद्रपुर प्रसारण केन्द्रको मातहतमा मात्र २० हजार बढी विद्युत पोल तार टाङ्नका लागि र ५ हजार बढी पोलबाट हुकिङ गरी केवल सञ्चालकरूले विद्युत उर्जा प्रयोग गर्दै आएका भए पनि विद्युत महशुल तथा पोल भाडा वापत लाखौं रकम प्राधिकरणमा जम्मा नभइ मिलेमतोमा कर्मचारी र केवल सञ्चालकले चुहावट गर्ने गरिरहेको पाइएको छ ।
प्राधिकरणले भद्रपुर, मेचीनगर, बुद्ध शान्ति र कचनकवल, हल्दिवारी लगायत क्षेत्रमा सञ्चालित केवल टिभीलाई नगर क्षेत्रमा प्रति पोल वार्षिक सय रुपैया र गाउँपालिका क्षेत्रमा प्रति पोल ५० रूपैया भाडा लिने कानुनी प्रावधान छ भने विद्युत उपयोगवापत कम्तीमा प्रति पोल सय रूपैयादेखि माथि खपतका आधारमा तिर्नु पर्ने प्रावधान छ । तर कर्मचारीसितको मिलिभगतमा केवल सञ्चालकहरूले लाखौं रकम अपचलन गरिरहेको पाइएको छ । भद्रपुर नगर क्षेत्रमा मात्र ४ वटा केवल कम्पनीले र २ वटा इन्टरनेट प्रदायक कम्पनीले ५ लाख बढी रकम प्राधिकरणका कर्मचारीले लिने गरेको आरोप छ । केवल सञ्चाकलकले पावर सप्लाइका लागि प्रयोग गर्ने नोड बक्समा हुकिङ मार्फत लगाइएको विद्युत उर्जा खपत चार्ज तिर्नु पर्ने सतप्रतिशत रकम विद्युत प्राधिकरणमा बुभाएको तथ्याङ्क भेटिदैन भने पोल भाडा वापत २० प्रतिशत हाराहारीमा रकम प्राधिकरणमा आइपुग्ने गरेको पाइएको छ ।
भद्रपुर प्रशारण केन्द्रको विवरण अनुसार न्यू युनिभर्सल केवल नेटवर्क मेचीनगरले १५३ वटा पोल, इन्जा केवल नेटवर्क बाहुण्डाँगीले १३० वटा पोल, बुधवारे एक्सपस केवल नेटवर्क बुद्ध शान्तिले २९५ वटा पोल, चन्द्रगढी केवल नेटवर्क १२० वटा पोल, आर. एम टी केवल भद्रपुरले ११२ वटा पोल, भ्यू बुद्ध केवल नेटवर्क पृथ्वीनगरले ११० वटा पोल उपयोग गरेको रकम तिर्ने गरेको पाइएको छ । जुन विवरण उपयोग गरेको पोलको दश प्रतिशत मात्रै हो । स्थानीयका अनुसार गाउँ गाउँसम्म केवल टिभीले सेवा विस्तार गरिरहेका छन् । तर, केवल सञ्चालकहरूले प्राधिकरणका कर्मचारीसित मिलिभगतमा पोल भाडा भने अति कम तिर्ने गरेको पाइएको छ । यस क्षेत्रमा २० हजार हाराहारीमा विद्युत पोल केवल लाइनमा प्रयोग भएको अनुमान छ । यस क्षेत्रमा इन्टरनेट प्रदायक वल्डलिङ्क र एन सेल नेट कम्पनी लगायत इन्टनेट सेवा प्रदायकले एक हजार एक सय १२ वटा मात्र विद्युत पोल उपयोग गरिरहेको विवरण भद्रपुर प्रसारण केन्द्रमा छ । स्थलगत रूपमा अनुगमन गर्ने हो भने यी पोल संख्या ज्यादै कममात्रै हो ।
वास्तविक संख्या दश गुणा बढी हुन सक्ने प्रष्ट छ । प्राधिकरणका माथिल्ला कर्मचारीसितको मिलोमतोमा यस्तो कार्य हुने गरेको बताइएको छ । यी कम्पनीहरूले भद्रपुर नगरपालिका क्षेत्रमा जस्तै हल्दिवारी र कचन कवल, मेचीनगर विर्तामोड , कनकाई नगरपालिका क्षेत्रमा पनि यही शैलीमा सेवा प्रयोग गरिरहेका छन् । वर्षमा लाखौं रकम कर्मचारीले आपसमा बाँडिरहँदा प्राधिकरणको कोष भने न्युन आयमा थन्किएको छ ।
विद्युत प्राधिकरण भद्रपुर प्रशारण केन्द्रका जिम्मेवार व्यक्तिहरू भने केवल नेटर्वकसित पोलमा तार टाङ्ने सहमती भए पनि विद्युत उपयोगको सहमती नभएको बताउँछन । प्राधिकरणका अनुसार गाउँपालिकामा प्रतिपोल ५० रुपैया र नगरपालिका क्षेत्रमा प्रतिपोल सय रुपैया वार्षिक रूपमा पोल भाडा लिने व्यवस्था रहेको छ । त्यही सहमती अनुसार प्राधिकरणलाई केवल कम्पनीले वार्षिक एकमुष्ट रकम तर्नु पर्ने छ । यसरी रकम तिरेको नपाइए कार्वाही गर्ने प्रावधान रहेको छ ।
यता भद्रपुर प्रशारण केन्द्रका प्रमुख सञ्जीवकुमार शाह भने विगत वर्षहरूको शुल्क लिने प्रावधानमाथि संशोधन भएकाले यस वर्षबाट केवल कम्पनी तथा इन्टर नेट कम्पनीले तार प्रयोग गरेको किलो मिटरमा रकम तिर्नु पर्ने नियमावली आएको बताउनुभयो ।
कम्तीमा एक हजार ५ सय देखि बढीमा ३ हजार ५ सय बढी पोल उपभोग गरिरहेका केवल टिभी र इन्टरनेट कम्पनीहरूले कागजात मिलाउनका लागि मात्र न्युन संख्यामा प्राधिकरणमा रकम तिर्ने गरेको आरोप छ । प्राधिकरणको माथिल्लो निकायसम्म रकमको चलखेल भएकै कारण पोल र विद्युत महशुल रकम चुहावट भएको स्थानीयको भनाइ छ ।
तस्वीर ः भद्रपुर क्षेत्रमा बिद्युत पोलमा टागिएको केवल लाईन तार फोटो लीलाराज झापाली

सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनझापाको दुुई छुुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ ।आइतवार ५ बजेको समयमा मोटरसाईकल दुर्घटनामा…

कनकाई अनलाईनबिर्तामोड नगरपालिकाले अप्रत्यासित रुपमा कर बृद्धि गरेपछि नेपाली कांग्रेस क्षेत्र नं।–२ प्रदेश ‘क’ र बिर्तामोड नगरसमितिले सर्बसाधारण जनतालाई राहत…

कनकाई अनलाईनकाठमाडौं । चेक बाउन्स भएमा अब प्रहरीले पक्राउ गर्न सक्ने भएको छ । सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाउदै…

प्रतिकृयाहरू