कनकाई अनलाईन
आफ्ना प्राध्यापक तथा प्राध्यापक संघका सभापति हरि तिम्सिनालाई राजनैतिक प्रतिसोधकै कारण निष्कासन गरेको भन्दै विगत डेढ महिनादेखि आन्दोलन गर्दै आएका कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका विद्यार्थीहरुले आजदेखि कनकाई बहुमुखी क्याम्पसको मुल गेटमै ताला लगाइदिएका छन ।
प्राध्यापक निष्कासनको विषयलाई लिएर क्याम्पसका प्राध्यापकहरु पेन डाउन गरि आन्दोलनका रहेका छन भने प्राध्यापकको आन्दोलनलाई विद्यार्थीले साथ दिइरहेका छन । प्राध्यापक र विद्यार्थीको आन्दोलनका कारण क्याम्पसमा पठ्नपाठ्न ठप्प छ । यसैविच क्याम्पस संचालक समितिले पेन डाउन गर्ने प्राध्यापकलाई निकाल्नका लागि आज स्थानीय एक पत्रिकामा प्राध्यापक आवश्यकताको सुचना प्रकाशन गर्नसाथ क्याम्पसलाई आफ्ना कार्याकर्ताको भर्ती केन्द्र बनाउन खोजिएको आरोप लगाउदै विद्यार्थीले मुल गेटमै ताला लगाइएको विद्यर्थी नेता उत्सव वास्तोलाले बताउनुभयो । विना कारण हाम्रा प्राध्यापक निकालिएको छ यसरी आफुलाई मन नपर्ने वितिक्कै प्राध्यापक निकाल्ने राजनैतिक आस्थाका आधारमा अर्को शिक्षक हाल्ने हो भने भोली यहा पठ्नपाठ्न गराउने कोहीपनि शिक्षकको भविष्य खोइ नेता वास्तोलाले भन्नुभयो । यता नेपाल कम्युनिष्ट पार्टीले समेत विज्ञप्ति जारी गरि बार्ताका माध्यमबाट क्याम्पसको समाधान नगरिए क्याम्पसको सबै समस्याको जिम्मा क्याम्पस संचालक समिति र क्याम्पस प्रमुखले लिनुपर्ने बताएको छ ।
यसैविच नेकपाका कनकाई नगर अध्यक्ष रविन्द्र लम्सालले क्याम्पस संचालक समितिका अध्यक्षलाई राजनिति गर्न मन लागे अवको २ बर्षमा आउने चुनावमा रुख चिन्हमा चुनावमा उठ्न क्याम्पस जस्तो पवित्र संस्थालाई पार्टीको भातृ संगठन नबनाउन चेतावनी दिएका छन । यस वारेमा क्याम्पसका सबै चन्दादाताहरु क्याम्पसमा गई अध्यक्ष र क्याम्पस प्रमुखको राजीनामा माग्ने तयारी थालिएको समेत लम्सालले बताउनुभयो ।
Trending
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति
- धार्मिक पर्यटकीयस्थल बन्दै अर्जुनधारा जलेश्वरधाम
- आजदेखि नेपाल भारत सिमा नाका बन्द
- सुरुङ्गामा हनुमान जयन्तीको भव्य तयारी
- कालोपत्रे गरेको एक सातामै भत्कियो सैनिकमोड– सैनिकबजार सडक
- सुरुङ्गाका लीला चिमरिया बने लायन्सका गर्भनर
- कनकाईमा दललाई पाचौ झड्का सामुदायिक वनमा स्वतन्त्रका परशुराम बिजयी