कनकाई क्याम्पस सुरुङ्गाआन्दोलनका वारे नेकपाको आयो यस्तो चेतावनी बिज्ञप्ति


कनकाई अनलाईन
नेपाल कम्युनिष्ट पार्टी नेकपा कनकाई नगर कमिटीको मिति २०७६\०८\०५
प्रेस विज्ञप्ति
विगत दुई बर्ष अघि राजनैतिक सहमतिमा गठित कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको क्याम्पस सञ्चालक समितिबाट उपाध्यक्ष र कोषाध्यक्ष सहित ६ जना सदस्यहरुले राजीनामा दिई समितिको कार्यशैलीप्रति असहमति जनाउदा समेत सहमतिका मूल्य र मान्यतालाई लत्याउँदै क्याम्पस सञ्चालक समिति अघि बढेको कुराप्रति हाम्रो ध्यान आकर्षण भएको छ ।
यस क्रममा लामो समयदेखि कार्यरत प्राध्यापकहरुलाई विनाकारण बर्खास्त गर्ने, शिक्षक कर्मचारी र विद्यार्थीहरुका माग तथा गुनासाहरु नसुन्न,े संविधान प्रदत अधिकार प्रयोग गर्दै शान्तिपूर्ण रुपमा गरिएका आन्दोलनलाई समेत वेवास्ता गर्दै दमन गर्ने, स्थानीय तहले बार्ताका लागि आव्हान गर्दा समेत वेवास्ता गर्ने जस्ता कार्यहरु गरी क्याम्पससँग सम्बन्धित सरोकारवाललाहरुलाई उपेक्षा गरी अघि वढ्दा क्याम्पसको शैक्षिक वातावरण केही समय अघिबाट असहज बन्दै गएको कुरामा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।
कनकाई नगरबासीकै साझा धरोहरको रुपमा रहेको क्याम्पसलाई यो अवस्थामा ल्याई पु–याउनमा क्याम्पस प्रशासन तथा क्याम्पस सञ्चालक समितिको असक्षमता तथा अदूरदर्शिता प्रस्ट भएको छ ।
क्याम्पस जस्तो पवित्र शैक्षिक तथा प्राज्ञिक थलोलाई यो वा त्यो नाममा राजनैतिक गर्ने थलो बनाइनुहुन्न भन्ने कुरामा नेकपा प्रस्ट छ । समस्यालाई गम्भीर रुपमा लिई वार्ता संवाद सहकार्यको माध्यमबाट हल गर्न क्याम्पस प्रशासन क्याम्पस सञ्चालक समिति, बिद्याथीर्, प्राध्यापक तथा कमर्मचारी, अभिभावक, समाजसेवी शिक्षाप्रेमी वुद्धिजीवी एवम् आम कनकाई नगरबासीमा पार्टी हार्दिक अपिल गर्दछ ।
वार्ता तथा संवादद्धारा समस्याको हल गर्ने प्रजातान्त्रिक शैलीलाई वेवास्ता गरी अघि बढेमा यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार क्याम्पस प्रशासन तथा क्याम्पस संचालक समितिनै हुनेछ ।
सचिव क . विष्णु बिमली अध्यक्ष क . रविन्द्र लम्साल इन्चार्ज क. गोपाल प्रसाईँ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कनकाई नगर कमिटि


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू