झापामा भेटियो खालपाडा यौन अखडा ७ हजारमा रातभर


कनकाई अनलाई
बिर्तामोड । प्रहरीले यौनअड्डामा छापा मारेर आठ जना युवतीको उद्धार गरेको छ । बिर्तामोड प्रहरीले अर्जुनधारा–६ मातामन्दिर क्षेत्रमा फ्लाट भाडामा लिई सञ्चालन गरिरहेको यौनअड्डामा शनिवार छापा मारेको थियो ।

यौनअड्डा सञ्चालन गर्ने सोहि वडाकी शोभादेवि खत्री भरार भएकी छन् । प्रहरीले उनको खोजीलाई तिब्र बनाएको डिएसपी मोहन थापाले जानकारी दिए । सोहि फ्लाटमा नबस्ने भएकाले उनलाई पक्राउ गर्न सकिएन, प्रहरीले भने । तर, अवश्य पक्राउ गरिने छ ।
उद्धार गरिएका युवतीका अनुसार २ महिनादेखि सो अड्डा सञ्चालन भइरहेको छ । त्यसभन्दा अगाडिको अड्डा बारे जानकारी नभएको प्रहरीलाई बयान दिएका छन् । आठै युवतीको बयान प्रमाणित गरी माइती नेपाल बुझाइएको छ । भारतीयसहित पोखरा, धनुषा , उदयपुर र पूर्वी जिल्लाका युवतीलाई राखेर यौन शोषण गर्ने खत्री विरुद्ध मानव बेचविखनको मुद्दा दर्ता गरिएको छ ।
होटलमा हुने यौन व्यवसायमा प्रहरीले कडाई गरेपछि यौन व्यवसाय गर्नेहरु गाउँ पसेको डिएसपी थापाको बुझाई छ । विशेष सूचनाका आधारमा छापा मारिएको यौन अखडामा यौन पिपासुहरुलाई छान्न दिएर युवती पठाउने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

जिल्लाको विभिन्न स्थानबाट पुग्ने पुरुषलाई अखडा सञ्चालकले युवतीको तस्वीर देखाएर मोलमोलाई गर्ने गरेकी थिइन्, एक युवती भन्छिन् – त्यसैको आधारमा छानेर लैजान्थे । अखडामा छानेर दमकदेखि काँकरभिट्टासम्म लैजाने गरेको प्रहरीको भनाई छ । त्यसवापत अखडा सञ्चालक खत्रीले एक रातको ७ र एक पटक बसेको ३ हजारसम्म लिने गरेको युवतीले प्रहरीलाई जानकारी दिएका छन् । सञ्चालक खत्रीले ३ देखि ७ हजारसम्म लिए पनि युवतीलाई ५ सय देखि १ हजारसम्म मात्र दिने गरेको खुलेको छ ।

युवतीको भनाई उद्धृत गर्दै प्रहरीले भने, हरेक युवतीहरुले ४० देखि ८० हजार पाउनुपर्ने भनिरहेका छन् । खानबस्न दिएर विना पैसा यौनधन्दामा लगाउने सञ्चालक शोभादेवि खत्रीले डेढ देखि २ महिना बसेपछि युवतीलाई त्रास देखाएर भाग्न बाध्य बनाउने गरेको बुझिएको छ । प्रहरीका अनुसार पैसा दिने बेला भएपछि युवतीलाई त्यसै लेखेको दखिन्छ ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू