कनकाई अनलाईन
झापाको चर्चित पर्यटकिय क्षेत्र जामुनवारी सामुदायिक वन उपभोक्ता समुह तथा जामुनखखाडी सिमसार तथा पर्यटकिय क्षेत्रको २४ औ वार्षिक साधरणसभा सम्पन्न भएको छ ।
वनको सभाहलमा भएको साधरण सभामा वनका अध्यक्ष ख्यामराज सिटौलाले वन समुहले समुदायकै हितमा सामुदायिक वन लागिपरेको बताउँनुभयो । सिटौलाले करिव ५ करोडको वार्षिक अनुमानित बजेट पेश गर्नुभयो । यसैगरि कोषाध्यक्ष बुद्धिमान बोहोराले वन समुहको आयव्याय प्रस्तुत गर्नुभयो ।
सचिव मनिता राईले संचालन गरेको कार्यक्रममा प्रदेश सांसद हिराकुमार थापा , कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल , डिभिजन वन कार्यालयका प्रमुख विष्णु घिमिरे,सामुदायिक वन जिल्ला महासंघका प्रमुख वेदप्रसाद भण्डारी , कनकाई नगरपालिका वार्डनम्बर १ का अध्यक्ष रोषन पोखरेल , २ का अध्यक्ष परशुराम गिरी , ४ का गोविन्द पौड्याल लगायातले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
Trending
- लायन्सका अन्तराष्ट्रिय भ्वाईस प्रेसिडेन्ट झापामा
- गौरीगञ्जका सामुदायिक विद्यालयका छात्रालाई साइकल वितरण
- पूर्वीनाकामा आठ महिनामा ११ अर्ब ५२ करोडबढी व्यापार घाटा
- एमाले झापाको अध्यक्षमा गिरी
- लालपानीका मुकेशको पौडी खेल्दा डुबेर मृत्यु
- झापामा तीन कैदीवन्दी र एकजना दृष्टिबिहीनले एसईई दिँदै
- झापाका कोईला व्यवसायी संगठित, अध्यक्षमा बस्नेत
- लायन्स इन्टरनेशनल सेकेण्ड भ्वाईस पेसिडेन्ट सिंह झापामा आउदै