सुरुङ्गामा हात्तीले मारेका खनाल परिवारले पाए १० लाख


कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका २ जामुनवारी सामुदायिक वन हाताभित्र गत फागुन २८ गते हात्तीको आक्रमणबाट मारिएका ओमनाथ खनाललाई नेपाल सरकारले १० लाख रुपैँया हस्तानतरण गरेको छ ।
आज जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकिय स्थलको २४ औ साधरणसभाको अवशर पारेर प्रदेश सांसद हिराकुमार थापा र डिजिजन वन कार्यालयाका झापाका प्रमुख विष्णु घिमिरेले सो रकम मृतककी श्रीमती अम्बिकादेवि खनाललाई हस्तानतरण गर्नुभएको हो । यस अघि ५० हजार खनाल परिवारलाई दिइसकिएकोले हाल ९ लाख ५० हजार रुपैँया प्रदान गरिएको घिमिरेले बताउनुभयो । खनालको जंगलमा घाँस काट्न जाने क्रममा जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू