कनकाई साप्ताहिक “ख” बर्गमा झापाका कुन पत्रिका कुनमा ??


कनकाई अनलाईन
झापाको कनकाई नगरबाट नियमित प्रकाशित एकमात्र पत्रिका कनकाई साप्ताहिक पत्रपत्रिका आर्थिक बर्ष २०७४÷७५ मा बर्गिकरण गर्ने निकाय प्रेस काउन्सिलबाट नियमित यस बर्षपनि ख बर्गमा पर्न सफल भएको छ ।
२०७२ सालदेखि झापाको कनकाई नगरपालिका सुरुङ्गाबाट नियमित प्रकाशन हुदै आएको यस कनकाई साप्ताहिकले पाठकलाई स्थानीय बढी र साहित्यिक र राष्ट्रिय समाचारहरु प्रकाशन गरि सुचनाको भोक जगाउदै आएको छ ।
कनकाई साप्ताहिक ख बर्गमा परेपछि पत्रिकाका सम्पादक प्रकाशक लीलाराज झापालीले यसको श्रेय सम्पुर्ण पाठक , कनकाई नगरपालिका , झापा गाउँपालिका , शिवसताक्षी नगरपालिका , अर्जुनधारा नगरपालिका , बाह्रदशी गाउँपालिका तथा झापाका अन्य पालिकाहरु तथा विज्ञापनदाता , पत्रिका वितरक र नियमित स्तम्भकार लेखक र अन्य सहकर्मीमा रहेको बताउँनुभएको छ । साथै सम्पादक झापालीले आगामि यात्रा अझ मजवुद र दर्बिलो बनाउदै लैजाने प्रतिवद्धता जनाउनुभएको छ ।
पाठकमा सुचनालाई तत्कालै पुर्याउनका लागि कनकाई अनलाईन संकरण समेत प्रकाशन गर्दै आएको यस कनकाई साप्ताहिकले अनलाईन संकरणलाई अझ परिस्कृत बनाएको छ भने यस कनकाई साप्ताहिकलाई निकट भविष्यमै रङ्गिन प्रकाशनको समेत थालनी गरिने जनाइएको छ ।
यसैविच प्रेस काउन्सिल नेपालले यस बर्ष देशभरका ९१२ पत्रपत्रिकामा ७६६ पत्रपत्रिकालाई मात्रै बर्गिकरणमा पारेको जनाएको छ । जसमा क बर्गमा १५७ वटा पत्रपत्रिका पर्दा ख बर्गमा ३२१, ग बर्गमा २३९ बटा र घ बर्गमा ४९ वटा पत्रपत्रिका परेको प्रेस काउन्सिलले जनाएको छ । यस आर्थिक बर्षमा ३१ वटा पत्रिका हुबहुमा परेको छ भने ६३ पत्रिकाको कागजात नपुगेको , १ वटाको प्रकाशन अंक नपुगेको र ५१ पत्रिकाले जवाफ पेश नगरेको जनाएको छ ।
झापाबाट यस बर्ष जम्मा २१ पत्रपत्रिका बर्गिकरणमा परेका छन । यस बर्ष क बर्गमा पूर्वाञ्चल दैनिक, प्रतिदिन दैनिक, लोकतन्त्र पोष्ट दैनिक गरि ३ वटा दैनिक मात्रै परेको छ । अघिल्लो बर्षमा समेत यी दैनिक क बर्गमै परेका थिए । यसैगरि ख बर्गमा कनकाई साप्ताहिक सहित जनसंसद दैनिक, न्यु मेची टाइम्स दैनिक, जनआन्दोलन साप्ताहिक, यलम्बर टाइम्स , खबरमंच साप्ताहिक , सतासी साप्ताहिक, साप्ताहिक समाचार , स्वाधीन संवाद साप्ताहिक, मेचीखबर साप्ताहिक, बिर्ताज्योती साप्ताहिक , पुर्व शन्देश दैनिक र पूर्वेली साप्ताहिक परेका छन ।
यसैगरि ग बर्गमा बरुण साप्ताहिक, सुपूर्व मालिका साप्ताहिक, जनज्योती साप्ताहिक, कसार साप्ताहिक र निर्माण लहर साप्ताहिक परेका छन ।
झापाबाट प्रकाशित कुनैपनि पत्रिका घ बर्गमा भने परेका छैनन । तर नौलो आवाज र मेची आवाज साप्ताहिकको बर्गिकरण भने स्थगित गरिएको छ । झापाबाट नियमित प्रकाशन हुदै आएका बिर्तामोडको विवेचना दैनिक र दमकको झापा पोष्ट दैनिकले भने प्राविधिक कारण देखाउदै बर्गिकरणको फारम नभरेको कारण बर्गिकरणबाट छुटेका छन ।
झापाबाट अघिल्लो बर्ष क बर्गमा परेको जनसंसद पूर्व शन्देश , मेची टाइम्स दैनिक यस बर्ष ख बर्गमा परेको छ भने । साप्ताहिकबाट समेत यलम्बर टाइम्स , जनआन्दोलन साप्ताहिक समेत क बाट ख बर्गमा झरेका छन । तर प्रेस काउन्सिलले १५ दिनभित्र पुर्नमुल्याङ्गन गर्न चाहने पत्रपत्रिकालाई समयसिमा तोकिदिएको छ ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनझापाको दुुई छुुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ ।आइतवार ५ बजेको समयमा मोटरसाईकल दुर्घटनामा…

कनकाई अनलाईनबिर्तामोड नगरपालिकाले अप्रत्यासित रुपमा कर बृद्धि गरेपछि नेपाली कांग्रेस क्षेत्र नं।–२ प्रदेश ‘क’ र बिर्तामोड नगरसमितिले सर्बसाधारण जनतालाई राहत…

कनकाई अनलाईनकाठमाडौं । चेक बाउन्स भएमा अब प्रहरीले पक्राउ गर्न सक्ने भएको छ । सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाउदै…

प्रतिकृयाहरू