काँग्रेसले तोक्यो झापाका सबै क्षेत्रमा सभापति


कनकाई अनलाईन
संघीय संरचना अनुसार झापामा नेपाली कांग्रेसको क्षेत्रीय समिति समायोजन गरिएको छ । स्थानीय तह संगठन पुनर्संरचना अन्तरिम व्यवस्था निर्देशिका–२०७६ अनुसार पार्टीको क्षेत्रीय समितिलाई संघीय संरचना अनुसार समायोजन गरिएको कांग्रेस झापा सभापति उद्धव थापाले जानकारी दिनुभयो ।

 

सात वटा निर्वाचन क्षेत्रअनुरुप क्रियाशील क्षेत्रीय समितिहरुलाई संघीय संरचना अनुसार ५ वटा बनाइएको उहाले बताउनुभयो । सभापति थापाले सहमति, भूगोल, क्षेत्रीय तथा क्रियाशील सदस्य संख्या, कार्यगत जेष्ठता तथा गोला प्रथाबाट झापाका पाँच वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय सभापति चयन भएको बताउनुभयो ।

 

क्षेत्रीय सभापतिहरुमा झापा क्षेत्र नं।१ मा मणि उप्रेती, २ मा खगेन्द्र मैनाली, ३ मा गणेश पोखरेल, ४ मा जयनारायण शाह र ५ मा ढुण्डी भण्डारी सर्वसम्मत चयन भएका छन् । त्यस्तै उपसभापतिमा क्षेत्र नं। २ मा धर्म लक्सम्बा, ३ मा नविन विमली, ४ मा भीम राजवंशी र ५ मा रोहितकुमार शाह चयन हुनुभएको छ । तर क्षेत्र नम्बर १ मा भने उपसभापतिको चयन नभएको काँग्रेस झापाले जनाएको छ ।

 


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू