विएण्डसीले खुट्टा जोडेका विष्टद्धारा आत्महत्या


कनकाई अनलाईन ।
दुईबर्ष पहिले सडक दुर्घटनामा परि आफ्नो खुट्टा गुमाएको झापा कनकाई नगरपालिका ३ सुरुङ्गाका ५५ बर्षिय गोपाल विष्टले आफ्नै घरमा पासो लगाएर आत्महत्या गरेका छन ।
विष्टले आइतवार राती करिव ८ बजे आफ्नै घरको सिलिङ पङ्खामा झुण्डिएर आत्महत्या गरेका हुन । विष्ट २ बर्ष पहिले सुरुङ्गा चोकमा गम्भिर सडक दुर्घटनामा परि खुट्टा गुमाएका थिए । तर विर्तामोडस्थित विएण्डसी हस्पिटलमा विष्टको सफल उपचारपछि छिनेको खुट्टा जोडिएको थियो । विएण्डसी अस्पतालले छिनेको खुट्टा जोडिएपछि यसको प्रचार देश विदेशमा समेत भएको थियो । विष्टको उपचारका लागि दुर्घटनाका बस मालिकले २८ लाख रुपैँया खर्च गरेको बताइएको छ । तर विष्टको छिनेको खुट्टा जोडिएको खुसी भने लामो समय रहेन । केहि महिनापछि नै छिनेको खुट्टा पाकेर पुन काट्नु परेको थियो ।

यसपछि लायन्स क्लव सुरुङ्गाको अगुवाइमा विदेशी दातृ संस्थाले विष्टलाई अस्थायी खुट्टा लगाइदिएको कनकाई लायन्स क्लवका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरियाले बताउनुभयो । लायन्सकै अग्रसरतामा ट्राई साइकल समेत प्रदान गरिएपछि खुट्टा गुमाएका विष्ट भारत पानीट्याङ्गीबाट चिनि , मटर लगायातका सामान ट्राई साइकलमा ल्याएर आफ्नो गुजारा गर्दै आइरहेका थिए । विष्टको घरमा आफ्ना भाइसग सिमानाका वारेमा वादविवाद भई झगडा भएको र यसबाट घाइते बनेका विष्ट विर्तासिटी अस्पताल विर्तामोडमा उपचारपछि घर आएका थिए । उनले आफ्ना छोरीलाई आफुले न्याय नपाएको बताएको केहि मिनेटमै विष्टले आत्महत्या गरेका थिए । यद्धपि विष्ट दाजुभाइको झगडा भने इलाका प्रहरी कार्यालय सुरुङ्गामा मिलाइसकिएको थियो । विष्टको आजै पोस्टम्याटम गरि कनकाई माइमा अन्तिम संस्कार गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनझापाको दुुई छुुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ ।आइतवार ५ बजेको समयमा मोटरसाईकल दुर्घटनामा…

कनकाई अनलाईनबिर्तामोड नगरपालिकाले अप्रत्यासित रुपमा कर बृद्धि गरेपछि नेपाली कांग्रेस क्षेत्र नं।–२ प्रदेश ‘क’ र बिर्तामोड नगरसमितिले सर्बसाधारण जनतालाई राहत…

कनकाई अनलाईनकाठमाडौं । चेक बाउन्स भएमा अब प्रहरीले पक्राउ गर्न सक्ने भएको छ । सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाउदै…

प्रतिकृयाहरू