दत्त सरलाई पुत्रशोक


कनकाई अनलाईन
कोटीहवन धार्मिक विकास संस्थाका अध्यक्ष तथा कनकाई नगरपालिकाका कार्यपालिका सदस्य नवलकिशोर दत्तलाई पुत्रशोक परेको छ ।
उहाँका छोरा बासुदेव दत्तको ३६ बर्षको अल्पआयुमै निधन भएको छ ।
रोजगारीका लागि अमेरिकामा एक महिनाघि मात्रै अमेरिकाको क्यालिफोनिया राज्यमा गएका बासुदेवको ग तगत असार १५ गते आइतवारका दिन ह्दयघाटका कारण दुखद निधन भएको छ ।
बासुदेव डिभि चिठ्ठा परेर सन २०१२ देखि अमेरिकामा रहदै आएका थिए । पछिल्लो समय नेपालमा लामो समय छुट्टीमा घरमा रहेर एक महिना पहिले मात्रै अमेरिकामा पुगेका थिए । उनको निधनपछि केहिदिन अमेरिकामै पहिचान खुल्ल नसक्दा केहिदिन शव अस्पतालमै राखिएको थियो । पछि फिन्गंर पिन्टको आधारमा शवको पहिचान गरिएपछि आफन्त साथीभाईले अमेरिकामै अन्तिम संत्कार गरेका थिए । शवलाई अमेरिकामै दाहसंस्कार गरिएपछि हाल झापा सुरुङ्गास्थित दत्तको घरमा हाल आशौच बार्ने काम भैरहेको छ । मृतक दत्तका पिता नवलकिसोर आमा इन्दिरा दत्त , र भाई गम्भिरकुमार दत्त रहेका छन ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू