झापाका प्रणित देशकै उत्कृष्ट कोरियोग्राफर


कनकाई अनलाईन
झापा मेचीनगरका प्रणित पुडासैनी प्याजेन्ट नेपाल इन्टरनेश्नलले आयोजना गरेको फेशन मोडल अवार्डमा मौफसलको टप फाइब कोरियोग्राफरका रुपमा छनौट भएका छन् । आगामी श्रावण २३ गते काठमाडौमा हुने अवार्ड कार्यक्रमको नोमिनेसनमा उनी पर्न सफल भएका हुन् । उनले बिगत पाँच बर्ष देखि झापामा इभेन्ट म्यानेजमेन्ट, कोरियोग्राफी तथा रयाम्प निर्देशन गर्दै आएका छन् । अवार्ड जित्नका लागि उनले भोटको अपिल गरेका छन् । जसका लागि मोवाइल मार्फत एल् घघब् टाइप गरि घघण्ण्ज्ञ मा पठाउनु पर्ने हुन्छ ।

सो फेशन एण्ड मोडल अवार्डको नोमिनेशनमा पुर्व मिस नेपालहरु सुगारीका केसी, माल्भिका शुब्बा, मिस्टर मोडल अफ दि वल्र्ड दिक्पाल कार्की सहित अन्य चर्चीत व्यक्तिहरुको नाम समावेश छ । टप फाइब कोरियोग्राफरमा पर्दै नोमिनेशनमा पर्ने पुडासैनी झापाका पहिलो कोरियोग्राफर हुन् । उनी प्रबन्ध निर्देशक रहेको कम्पनी ड्म्स वल्र्ड इन्टरटेण्टमेन्ट समेत मौफसलको टप फाइब इभेट म्यानेजमेन्ट कम्पनी बन्दै नोमिनेशनमा परेको छ । पुडासैनी सञ्चारकर्मी समेत हुन । त्यसैगरी इमरजिंग फेशन डिजाइनरका रुपमा झापा बिर्तामोडका बिवेश राई समेत नोमिनेशनमा परेका छन् ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू