कनकाई अनलाईन
विश्व वातावरण दिवशको अवशर पारेर तराइकै पहिलो सामुदायिक वन कनकाई सामुदायिक वन समुहले वन हाताभित्र वृक्षरोपण अन्र्तक्रिया सहित वन संरक्षणमा आधिरित टेलिफिल्म हरियो वन नेपालको धन प्रदर्शन गरिएको छ ।
कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओलीको सभापतित्वमा भएको सबै कार्यक्रमहरुमा डिभिजन वन कार्यालय झापाका सहयाक वन अधिकृत नथुनी यादव , कनकाई सव वन डिभिजन प्रमुख भोलाप्रसाद चौधरी , पत्रकार तीर्थराज खरेल , वन समुहकी सचिव मान्ता खरेल , उपाध्यक्ष ललितबहादुर कार्की लगायातले वन विनास र यसको कारण र रोकथामको वारेमा चर्चा गर्नुभयो ।
सोहि अवशरमा कसम खबासको निर्देशन तथा कथामा बनेको वन संरक्षण सम्बन्धि वृतचित्र हरियो वन नेपालको धनको समेत प्रर्दशन गरिएको थियो । सोहि अवशरमा कनकाई सामुदायिक वन समुहको हाताभित्र दर्जनौ प्रजातिको वृक्षरोपण समेत गरिएको थियो भने वृक्षरोपणमा सहभागिलाई निशुल्क कागती प्रजातिका विरुवा समेत वितरण गरिएको थियो ।
Trending
- जामुनबारी बनको निर्वाचन, कुल ८ सय ५१ मतदातामा ८ सय ९मत खस्यो
- लियो क्लव कनकाईले मिनि म्याराथुन गर्दै
- झापामा दुबै दारा काटिएको मृत हात्ती फेला
- लागुऔषधको अखडा बन्दै बिर्तामोडका होटल
- लागु औषध विरुद्धको सचेतना दुर्गापुरमा
- बिर्तामोडमा नक्कली सुन बेच्ने भारतीय पक्राउ
- वनका अध्यक्ष बाहेक सबै पदमा काम गरिसकेका बुद्धिमान
- झापामा पत्रकार उपचार कोषमा १ करोड ११ लाख जम्मा