आज आर्मी र पुलिसको महाभीडन्त


कनकाई अनलाईन
झापा । मेची नेत्रालय मेचीनगर गोल्डकपको उपाधि भिडन्तलाई नेपाल पुलिस र त्रिभुवन आर्मीले ‘बेस्ट अफ थ्री’को रिजल्टको रुपमा लिएको बताएका छन् ।
सहिद स्मारक लिगमा १–० गोलले पुलिस हाबी भएको थियो भने आठौँ राष्टिय खेलकुद प्रतियोगितामा समान गोलअन्तरमा आर्मीले उपाधि जितेको थियो । शनिबार आज हुने मेची नेत्रालय मेचीनगर गोल्डकप दुवै टिमका लागि फाइनल भिडन्त हुने भएको छ ।
शुक्रबार आयोजित प्रि म्याच कन्फरेन्समा बोल्दै पुलिसका कप्तान भरत शाहले तेस्रो भेटमा आर्मीमाथि जीत निकाल्ने दाबी गरे । टिमको कमजोरीमा सुधार ल्याउने बताएका उनले मिस पास र फिनिसिङमा सुधार गर्नुपर्ने अवस्था रहेको पनि बताए ।
पुलिसका डिफेन्डर सुमन सुवेदीले मेचीनगर गोल्डकपलाई ‘बेस्ट अफ थ्री’को रुपमा लिएको बताए । सुवेदीले टिमको बल पोजिसन र टिम वर्क राम्रो भन्दै ९० मिनेटभित्र रिजल्ट निकाल्ने प्रयत्न हुने पनि सुनाए ।
विपक्षी आर्मी फिजिकल्ली फिट भएको भन्दै कम नठानिएको उनीहरुको भनाइ थियो । फरक प्रसंगमा पुलिस टिम पुरस्कार बृद्धिमा भन्दा पनि प्रतियोगिताको पूर्वाधार विकासको पक्षमा रहेको कप्तान शाह र म्यानेजर सुवेदीले बताए ।
आर्मीका प्रशिक्षक नविन न्यौपानेले फाइनल भिडन्त दुई विभागीय टोलीको प्रतिष्ठाको लडाइँ भएको बताए । यसअघिका भेटमा समान जीत र हार व्यहोरेका कारण पनि जीत निकाल्न आर्मीका खेलाडी प्लानअनुसार खेल्ने उनले दाबी गरे ।
धेरै खेलाडी बिरामी भए पनि उमेर समूहका बाँकी खेलाडीबाटै उपाधि जित्ने उनले आशा व्यक्त गरे । नियमित कप्तान भरत खवास र किपर विकेश कुथू नहुँदा खेल्न सहज नभएको बताएका उनले ९० मिनेटभित्रै रिजल्ट निकालेर जित्ने महत्वाकांक्षा पनि सुनाए ।
नियमित प्लेमेकर नहुँदा फरक पर्ने बताउँदै कप्तान नवयुग श्रेष्ठले राम्रो खेल प्रदर्शन गरेर दर्शकको मन जित्ने बताए । पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा यसअघिका खेल उपलब्धीमुलक बन्न नसकेको भन्दै उनले भरत नहुँदा फ्रन्ट लाइनमा समस्या आएको पनि सुनाए । किपर विवश चौधरीमा कन्फिडेन्ट नभएको स्वीकार गरेका कोच नविनले भाइटल म्याच खेल्न पाउनु पनि ठुलै अवसर भएको बताए ।
१० टिम सहभागी प्रतियोगिताको फाइनल खेलको विजेताले नगद १० लाख एक हजार र उपविजेता टिमले नगद पाँच लाख एक हजार पाउनेछ । प्रतियोगिता काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले आयोजना गरेको हो ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू