लीलाराज झापाली
प्रधानमन्त्री तथा अर्थमन्त्रीको गृह नगरी झापा जिल्लाका स्थानीय तहका केहि जनप्रतिनिधिहरु पालिकामा दमकल किन्ने पैसाले आफ्नो लागि महगो गाडी तथा कतिपय सार्बजनिक कार्यक्रममा जथाभावी बोल्दै हिडेर आलोचित हुदै आएपनि कतिपय पालिकाले भने जनताको मन जित्ने कार्यक्रमबाट स्यावासी पाउदै आएका छन ।
कनकाई नगरपालिकाले गत बर्षदेखि सुरु गरेको उपमेयर सुत्केरी पोषण कार्यक्रमबाट हालसम्म १ सय ७ जना सुत्केरी महिलाले पोसिलो खानेकुरा पाएका छन ।
जसअन्र्तगत गर्भवती महिलाले आफ्नो नियमित ४ पटक गर्भजाच र तोकिएको स्थानमा सुरक्षित सुत्केरी गराएमा उपमेयर सहितको टोलीले सुत्केरीको घरमै गएर हरेक सुत्केरीलाई २ किलो घिउ , झुल र क्यासियाम चक्की दिदै आएका छन । यसका लागि हरेक महिला कनकाई नगरपालिकाकी उपमेयर मन्जु प्रसाई सहितको कार्यपालिकाको महिला टिम सुत्केरी महिलाको घरघरमै पुगेर यी सामाग्री पुर्याउदै आउनुभएको छ ।
उपमेयर सुत्केरी पोषण कार्यक्रमका लागि अघिल्लो बर्ष २ लाख रुपैँया बजेट बिनियोजित गरिएकोमा यसबर्ष थप १ लाख थपेर ३ लाख रुपैँयाको बजेट विनियोजन गरिएको उपमेयर प्रसाईले बताउनुभयो । कनपालिकाकै प्रतिनिधि आफ्फै घरघरमा गएर यी सामाग्री सम्बन्धित महिलाकै हातमा दिदा जनताको घरायसी अवस्था र नवजात बच्चा र आमाको स्वास्थ्यका वारेमा बुझ्ने मौका मिलेको नगर कार्यपालिका सदस्य सुनिता खरेल सिग्देलले बताउनुभयो । यसबाट मातृमृत्युदर र बाल मृत्युदर घटेको समेत खरेलले बताउनुभयो । सिग्देलको संयोजकत्व तथा उपमेयर प्रसाईको प्रमुख संरक्षकत्वमा रहेको यस उपमेयर सुत्केरी पोषण कार्यक्रममा अन्य नगर कार्यपालिका सदस्यहरु साबित्रा बर्देवा , सीता अधिकारी , कृष्ण माया भुजेल र देबेन्द्र दर्जी सदस्य रहनुभएको छ उहाहरुले हरेक महिलामा एकपटक आफ्नो नगरपालिकाको ९ बटै वार्डमा भएका सुत्केरी महिलालाई पोसिलो खानेकुरा र औषधि वितरण गर्दै आउनुभएको छ ।
यता हल्दीवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले पनि आफ्नो गाउँपालिकामा सुत्केरी भएकी एक महिलाकोमा लोकल भाले र पोसिलो खानेकुरा र बच्चालाई न्यानो कपडा लिएर अस्पतालमै पुग्ने गर्नुभएको छ । गाउँपालिका अध्यक्ष लिङ्देनको यस कार्यको यस साताभर अस्पतालमै सुत्केरी महिलाकोमा भाले लगेर दिएको फोटो सामाजिक संजालमा भाइरल बनेको थियो । यसो त यस गाउँपालिकाले आफ्नो गाउपालिकामा कोहिपनि बिद्यार्थीले पिएचडी गर्ने भए प्रतिविद्यार्थी सोधपत्र तयार गर्नका लागि एक लाख रुपैँया सहयोग गर्ने घोषणा गरिसकेको छ ।
यता झापा गाउँपालिकाले एकल महिलाकाझै एकल पुरुषलाई समेत मासिक भक्ता उपलब्ध गराउन थालेको छ ।
आफ्ना श्रीमती वियोगमा रहेका र ६० बर्ष उमेर कटेका गाउँका एकल पुरुषलाई मासिक ५ सयका दरले जिवन निर्वाह भक्ता दिन थालिएको गाउँपालिकाका अध्यक्ष जय नारायण शाहले बताउनुभयो । यस अघि सरकारले एकल महिलालाई मात्रै यो सुविधा दिदै आएपनि एकल पुरुषका समेत आफ्नै समस्या हुने भएकाले गाउपालिकाले समेत यसको सुरुवात गरेको शाहले बताउनुभयो ।
गाउपालिकाले अघिल्लो आर्थिक बर्षमा ४८ जना एकल पुरुषलाई मासिक ५ सयका दरले गाउँपालिकाले भक्ता दिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चोलेन्द्र दंगालले बताउनुभयो ।
गाउँपालिकाले आफ्नो क्षेत्रमा बसोबास गर्ने ८४ बर्षमाथिका १ सय १८ जना बृद्धबृद्धालाई समेत सरकारले दिदै आएको मासिक भक्तामा थप ५ सय थपेर दिदै आएको दंगालले बताउनुभयो ।
यसरी एकल पुरुषलाई मासिक भक्ता दिने पालिकामा झापा गाउँपालिका प्रदेशमै पहिलो भएको समेत झापा गाउँपालिकाले दावी गरेको छ ।
तस्बीर ः उपमेयर सुत्केरी पोषण कार्यक्रम अन्र्तगत सुत्केरी महिलाको घरमै पुगेर पोसिलो खानेकुरा दिदै कनकाई नगरपालिका उपमेयर मन्जु प्रसाई लगायात लीलाराज झापाली
Trending
- लायन्सका अन्तराष्ट्रिय भ्वाईस प्रेसिडेन्ट झापामा
- गौरीगञ्जका सामुदायिक विद्यालयका छात्रालाई साइकल वितरण
- पूर्वीनाकामा आठ महिनामा ११ अर्ब ५२ करोडबढी व्यापार घाटा
- एमाले झापाको अध्यक्षमा गिरी
- लालपानीका मुकेशको पौडी खेल्दा डुबेर मृत्यु
- झापामा तीन कैदीवन्दी र एकजना दृष्टिबिहीनले एसईई दिँदै
- झापाका कोईला व्यवसायी संगठित, अध्यक्षमा बस्नेत
- लायन्स इन्टरनेशनल सेकेण्ड भ्वाईस पेसिडेन्ट सिंह झापामा आउदै