लीलाराज झापाली
राष्ट्रपति विद्यादेवि भण्डारीले कृषिप्रधान मुलुक भएर पनि देश कृषिजन्य पदार्थमै परनिर्भर हुनुपरेको भन्दै अवका दिनमा कृषिप्रधान मुलुकको गौरवलाई बचाइ राख्न पनि कृषिमा आत्मनिर्भर हुनु आवश्वक रहेको बताउनु भएको छ ।
बुधवार झापाको शिवसताक्षी चन्द्रडाँगीको वाली विकास तथा कृषि जैविक विविधता केन्द्रमा लगाइएको आर्गनिक कोपि लगायातको कृषि वालीको अवलोकन पछि आयोजित कार्यक्रममा वोल्दै राष्ट्रपति भण्डारीले अहिले पनि कृषि प्रधान मुलुक भएर पनि कृषिमा व्यापार घाटा भइरहेको भन्दै यो देश र जनताका लागि राम्रो संकेत नभएको बताउनुभयो । कृषिका माध्यमले स्थानीय स्तरमै छिट्टै रोजगारीको समेत अवशर प्रदान गर्ने भएकोले कृषिमा उत्पादकत्व बढाउन र देशको कृषिको गौरवलाई बढाउनका लागि कृषिमा सवल नेतृत्वको समेत आवश्यकता रहेको बताउनुभयो । कृषिका लागि उचित सिचाइको प्रवन्ध गर्न भएका नदिनाला हरुको संरक्षण गरेर प्राकृतिक स्रोतहरुको संरक्षण गरि दिर्घकालिन रुपमा प्रयोग गर्नु आवश्यक भएको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले झापाको बिउ विजन केन्द्रले आफ्नो क्षमता बृद्धिगरी उच्च स्तरीय बिउविजनले अन्य प्रदेशमा समेत वितरण गर्न सक्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले अहिले देश राजनैतिक रुपमा संक्रमणकालिन अवस्थाबाट निक्किएर स्थिर सरकारलको अवस्थामा प्रवेश गरेको भएपनि संघिय प्रणाली यो देशका लागि नयाँ भएको र संघिय प्रणाली सुरु भइसकेपछिको नयाँ कार्यकालमा कतिपय अधिकार बाडफाडका वारेमा टुङ्गो नलागि सकेकोले स्थानीय जनता र जनप्रतिनिधिहरुको बढी अधिकारको माग आउने गरेको बताउनुभयो । तर यी मागहरुलाई हतारमा टुङ्गाउने भन्दा पनि यसलाई लामो समय सोचविचार गरेर स्थानीय तह र प्रदेश तहको संविधानमा प्रदान गरिएका हक अधिकारको बाडफाडलाई टुङ्गाउनु उचित हुने बताउनुभयो । राष्ट्रपति भण्डारीले देशभरका यस प्रकारका कृषि फार्म र उद्योग धन्दाहरु स्थानीय सरकारकै नेतृत्वमा हुनु राम्रो हुने बताउनुभयो । प्रदेश र संघिय सांसदहरुमा हाल आएर आफु जुन तहको नेतृत्वमा भयो सोहि तहमा बढि अधिकार राख्न खोज्ने प्रवृति बढेर गएको भन्दै यो सकमणकालिन प्रवृति भएकोले यसलाई शक्ति सङ्घर्षका रुपमा लिन नहुने बताउदै यसलाई समेत सोचविचार गरेर टुङ्गो लगाइनुपर्ने बताउनुभयो ।
राष्ट्रपतिले देशमा सयौँ कृषि फार्महरु सहि नेतृत्व नपाएर कृषि फार्मको क्षमता अनुसार उत्पादन हुन नसकिरहेको र धेरै उद्योग धन्दाहरुको समेत राम्रो नेतृत्व नहुदा उत्पादन क्षमता बृद्धि हुन नसकिरहेको भन्दै जनताको प्रत्यक्ष सहभागितामा स्थानीय नेतृत्वलाई ल्याएर यी सबैमा परिचालन गर्न समेत अनुरोध गर्नुभयो । यसवाट देशमा रोजगारी श्रृजना र सवल अर्थतन्त्र निर्माण हुने बताउनुभयो ।
कार्यक्रममा प्रदेशका मुख्य मन्त्री शेरधन राईले प्रदेश सरकारले यस क्षेत्रमा कृषिलाई पहिलो प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिसकेकोले अव यस क्षेत्रको कृषि उपजलाई अन्य प्रदेशमा मात्रै नभएर भारत , बंगलादेश र भुटानसम्मको बजारमा बिक्रिका लागि लैजाने बताउनुभयो । पहाडमा खाद्यान्न र नगदेवाली हिमालमा जडिबुटी र तराइमा खाद्यान्नको सम्भाव्यता रहेकोले यसै अनुसार सरकार अगाडि बढेको समेत बताउनुभयो । झापा , मोरङ्ग र सुनसरी ३ जिल्लामा मात्रै उत्पादन भएको खाद्यान्नले मुलुकलाईनै पुर्याउने हाम्रो लक्ष्य छ यसका लागि यस्ता कृषि फार्महरु सरकारले प्रदेश मातहतमा ल्याउन दिनु पर्छ मुख्यमन्त्री राईले भन्नुभयो । चन्द्रडाँगी बाली विकासलाई समेत यसबर्ष स्तर उन्नतिका लागि प्रदेश सरकारले ८ करोड रुपैँया बजेट बिनियोजित गरिदिएको राइले बताउनुभयो । कार्यक्रममा यस क्षेत्रका संघिय सांसद एलपि साँबा लिम्बुले यस क्षेत्रका जनता धेरैजना खोलाको किनारामा रहेकोले उनीहरुको सुरक्षाको व्यावस्थापन सरकारको पहिलो प्राथमिकता हुनुपर्ने र उत्पादनको भण्डारण र बजारको ठुलो समस्या रहेको बताउनुभयो ।
कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा र उपप्रमुख भोजकुमारी नेपालले शिवसताक्षी ७ नम्बरमा ८४ बिगाह क्षेत्रमा रहेको यस कृषि फार्मलाई स्थानीय सरकारको नेतृत्वमा ल्याएर रैथाने र उन्नत बिउ बिजनको संरक्षण उत्पादनमा ध्यान दिन समेत अनुरोध गर्नुभयो । यसैविच राष्ट्रपति भण्डारीले यस क्षेत्रमा नेपालकै कृषि बैज्ञानिकहरुद्धारा लगाइएको आर्गनिक कोपि तथा गहु बालीको समेत अवलोकन गर्नुभयो । राष्ट्रपति भण्डारी गौरादहको नमुना कृषिको अवलोकन पछि दिउसो ३ बजे सेनाको हेलिकप्टरबाट शिवसताक्षी चन्द्रडागीको कृषि फर्मको अवलोकनका लागि आउनुभएको थियो । कनकाई नहर सिचाई आयोजना निर्माणका लागि कामदारको आवाश क्षेत्र र कार्यालय प्रयोजनका लागि बनाइएका भवनलाई विं ः स २०३२ सालमा यस क्षेत्रमा नहर निर्माणको काम सकिएपछि छाडिएको भवन र जमिन क्षेत्रलाई बिउ बिजन केन्द्र हुदै गत बर्षदेखि सरकारले बाली विकास तथा कृषि जैविक केन्द्रको रुपमा संचालन गर्दै आएको छ ।
Trending
- लायन्सका अन्तराष्ट्रिय भ्वाईस प्रेसिडेन्ट झापामा
- गौरीगञ्जका सामुदायिक विद्यालयका छात्रालाई साइकल वितरण
- पूर्वीनाकामा आठ महिनामा ११ अर्ब ५२ करोडबढी व्यापार घाटा
- एमाले झापाको अध्यक्षमा गिरी
- लालपानीका मुकेशको पौडी खेल्दा डुबेर मृत्यु
- झापामा तीन कैदीवन्दी र एकजना दृष्टिबिहीनले एसईई दिँदै
- झापाका कोईला व्यवसायी संगठित, अध्यक्षमा बस्नेत
- लायन्स इन्टरनेशनल सेकेण्ड भ्वाईस पेसिडेन्ट सिंह झापामा आउदै