कनकाई अनलाइन
झापाको शरणामतीमा भोली कार्तिक २० गतेबाट २२ गतेसम्म प्रदेश नम्बर एक स्तरीय अन्तर नगर गाउपालिका स्तरीय नेपालको राष्ट्रिय खेलसमेत रहेको भलिवल प्रतियोगिता हुने भएको छ ।
झापा गाउँपालिका भलिवल युवा परिवारद्धारा आयोजित यस प्रतियोगितामा प्रदेश नम्बर १ का विभिन्न १३ पालिकाहरुको सहभागिता रहने आयोजक समितिका संयोजक तथा नेपाल भलिवल संघका वरिष्ठ पुव उपाध्यक्ष समेत रहनुभएका गजेन्द्र ताम्लीले बताउनुभयो । प्रतियोगितामा आयोजक झापा गाउँपालिका , कनकाई नगरपालिका , भद्रपुर , मेची , कमल , बाह्रदर्शी गाउपालिका , दमक , गौरादह र विर्तामोड नगरपालिका , पाख्रीवास नगरपालिका धनकुटा , उर्लावारी नगरपालिका , सागुरीगढी गाउपालिका र सिदिङवा गाउँपालिकाको टिमको सहभागिता रहने ताम्लीले बताउनुभयो ।
स्थानीय जनतामाविको खेल मैदानमा हुने प्रतियोगिता प्रदेश नम्बर १ स्तरीय भएपनि झापा जिल्लाका खेलाडीहरुमध्येबाट यसै खेलबाट जिल्लाको टिम तयार गरिने समेत आयोजक समितिले जनाएको छ । प्रतियोगितामा प्रथम , दोस्रो र तृतीय र चौथो हुने टिमले जनही ६१ हजार , ४१ ह्जार १५ र १० हजार तथा मेडल ट्रफि पाउने तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीले समेत नगद र ट्रफि पाउने छन । भोली मंगलवारको पहिलो उद्घाटन खेल बिहान ८ बजे पाख्रीवास नगरपालिका धनकुटा र बाह्रदशी गाउपालिका झापा विच हुने छ ।
Trending
- जामुनबारी बनको निर्वाचन, कुल ८ सय ५१ मतदातामा ८ सय ९मत खस्यो
- लियो क्लव कनकाईले मिनि म्याराथुन गर्दै
- झापामा दुबै दारा काटिएको मृत हात्ती फेला
- लागुऔषधको अखडा बन्दै बिर्तामोडका होटल
- लागु औषध विरुद्धको सचेतना दुर्गापुरमा
- बिर्तामोडमा नक्कली सुन बेच्ने भारतीय पक्राउ
- वनका अध्यक्ष बाहेक सबै पदमा काम गरिसकेका बुद्धिमान
- झापामा पत्रकार उपचार कोषमा १ करोड ११ लाख जम्मा