कनकाई अनलाईन
भद्रपुर । चोरी गरेको घटना सुन्दा पनि अच्चम लाग्न सक्छ रु चोरले पैसाका लागि कुनै पनि चिजवस्तु वा धनमाल चोर्ने गर्छन ।
तर, झापाको भद्रपुरमा महिला तथा युवतीहरुको ब्रा वा पेन्टी चोर्न चोर पक्राउ परेको घटना सुन्दा कसैलाई पत्यार नलाग्न सक्छ । तर, यो घटना सत्य हो । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएका प्रहरी टोलीले विहीवार राती महिला तथा युवतीहरुको ब्रा र पेन्टी चोर्ने एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ४ स्थित मन्त्रीचोक निवासी २५ बर्षीय दीपक राजवंशी रहेको वडाका प्रहरी निरीक्षक प्रकाश जगेवूले जानकारी दिए ।
प्रहरीका अनुसार भद्रपुर ६ स्थित भानुनगरमा अधिकाशं घर भित्र प्रवेश गरेर ती युवकले अन्य सरसामान चोर्नु छाडेर ब्रा र पेन्टी चोरेर भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक जगेवूले बताए । प्रहरीले ब्रा र पेन्टीसंगै राजवंशीलाई रंगेहात पक्राउ गरेको हो ।
‘विवाहित राजवंशी विगतदेखि नै ब्रा र पेन्टी चोर्न र त्यसलाई सुघँने गरेको प्रहरी समक्ष बयान दिएको छ’, प्रहरी निरीक्षक जगेवूले भने, ‘ब्रा र पेन्टी चोरेर सुघँने चोर पहिलो पटक भद्रपुरमा फेला परेको हो, लागुऔषध सेवनकर्ता जस्तै उसलाई यसको लत लागेको हुनसक्छ ।’ ब्रा र पेन्टी चोर्न चोरलाई कानुनी कारवाही नगरी आइन्दा यस्तो सामान नचोर्न सम्झाईबुझाई छाडिदिने उनले बताए ।
Trending
- गौरीगञ्जका सामुदायिक विद्यालयका छात्रालाई साइकल वितरण
- पूर्वीनाकामा आठ महिनामा ११ अर्ब ५२ करोडबढी व्यापार घाटा
- एमाले झापाको अध्यक्षमा गिरी
- लालपानीका मुकेशको पौडी खेल्दा डुबेर मृत्यु
- झापामा तीन कैदीवन्दी र एकजना दृष्टिबिहीनले एसईई दिँदै
- झापाका कोईला व्यवसायी संगठित, अध्यक्षमा बस्नेत
- लायन्स इन्टरनेशनल सेकेण्ड भ्वाईस पेसिडेन्ट सिंह झापामा आउदै
- पत्रकारको नेतृत्व सर्वसम्मत गर्न प्रेस सेन्टरले थाल्यो पहल