मेरीगोल्ड हस्पिटल सुरुङ्गाद्धारा ९ सय विरामीको निशुल्क चेकजाच


कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकामा अबस्थित मेरिगोल्ड हस्पिटलले आफ्नो बार्षिकउत्सवको अवशरमा आयोजित एकदिने निशुल्क स्वास्थ्य शिविरमा ८ सय ९३ जनाले निशुल्क स्वास्थ्य लाभ लिएका छन ।
शनिवार हस्पिटलले आफुले सेवा प्रारम्भ गरेर ९ औ बर्ष पुरा गरेको अवशरमा एक दिन निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको अस्पतालका प्रमुख डाक्टर आरएन संग्रौलाले बताउनुभयो ।
व्यापक प्रचारप्रसारका साथ गरिएको शिविरमा भारतबाट समेत ठुलो सङ्ख्यामा विरामीहरु स्वास्थ्य शिविरमा सहभागि भएका थिए । विराट टिचिङ हस्पिटलको समेत प्राविधिक सहयोगमा गरिएको स्वास्थ्य शिविरमा सर्वाधिक विरामी हार्डजोनी सबन्धि रहेका थिए ।
हार्डजोनी तथा नशा रोग सम्बन्धि १४४ जना विरामीले स्वास्थ्य जाच गराएका थिए । यसैगरि प्रेशर , सुगर तथा थाइराइडका १३६ जना , नाक , कान , घाटीको ८० जना , छालाका ७० जना , ३५ जना बच्चा , ११४ जना स्त्री रोग , ८८ जनाले भिडियो एक्सरे सेवा , र १९० जनाले आधा रकम छुटमा ल्याप परिक्षण गराएका थिए । शिविरमा १८० जना महिलाको पाठेघरको मुखको क्यान्सरको परिक्षण गराएकोमा १० जनामा यस समस्या देखिएकोले अन्यत्र रेफर गरिएको डाक्टर आरएन संग्रौलाले बताउनुभयो ।
शिविरमा मेरिगोल्ड हस्पिटल तथा विराट टिचिङ नसिङ्ग हस्पिटलका डाक्टरहरु अरविन्द देव , सगुन खत्री , राजीव शाह , दिलिप चौधरी , सिवि झा , अब्दुल कलाम , सोना पोखरेल , अख्तर अली र डाक्टर आरएन संग्रौलाले स्वास्थ्य जाच गराउनुभएको थियो । स्वास्थ्य परिक्षणका लागि झापाको कनकाई नगरपालिका , अर्जुनधारा नगरपालिका , शिवसताक्षी , झापा गाउपालिका , इलामको माइ नगरपालिका तथा छिमेकी भारतको विहार राज्यबाट समेत ५६ जना विरामी स्वास्थ्य परिक्षणका लागि आएका थिए । भारतको विहार राज्यमा भरपर्दो स्वास्थ्य संस्था नहुदा नेपालमा उपचारका लागि छिमेकी नेपालका अस्पतालमा आउने गरेका छन । स्वास्थ्य जाच गराउन आउने विरामीबाट डाक्टरले केहि शुल्क लिने गरेको तथा विराम जचाउनका लागि सम्बन्धित रोगका डाक्टरहरु एक्कै ठाउमा उपलब्ध नहुदा दुरदराजका विरामीहरु लामो समयदेखि रोग पालेर बस्न बाध्य छन ।हस्पिटलले बर्षको एक दिन रोग पाल्न बाध्य गरिब नागरिकका लागि निशुल्क स्वास्थ परिक्षण गर्दै आएको हस्पिटलका अध्यक्ष टेकनारायण संग्रौलाले बताउनुभयो ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू