कनकाईमा पिता सम्मान


कनकाई अनलाईन
बुबाको मुख हेर्ने दिनको अवशरमा झापा कनकाई नगरपालिका २ र ३ नम्बर क्षेत्रका ८० बर्षमाथिका १२ जना पितालाई सम्मान गरिएको छ ।

जेष्ठ नागरिक कनकाई २ र ३ नम्बर वार्डसमितिद्धारा कनकाई सामुदायिक वनको सभाहलमा आयोजित विशेष कार्यक्रममा यस क्षेत्रका बृद्ध पिताहरु वार्ड नम्बर ३ का पदमलाल फुयाल , शिवप्रसाद चापागाई , मुक्ति प्रसाद पौडेल , कृष्णप्रसाद उप्रेती , जीतबहादुर सुन्दास र कीर्तिमान थेबेलाई सम्मान गरिएको थियो भने बार्ड नम्बर २ बाट गंगाबहादुर राई , प्रेमबहादुर खत्री , कृष्णकुमार राई , पदम बहादुर सेलवाल , डिल्लीराम पौडेल , र रामचन्द्र काफ्ले रहनुभएको छ ।

उहाहरुलाई जेष्ठ नागरिक समाजका नगर अध्यक्ष डिल्लीराम बाह्रकोटी , कनकाई २ का वडाध्यक्ष परशुराम गिरी , ३ का वडाध्यक्ष रुद्रप्रसाद चिमरिया , जामुनवारी सामुदायिक वन तथा सिमसारका अध्यक्ष ख्याम सिटौला , कवि साहित्यकार मित्रप्रसाद दाहाल , ज्ञानराज सुवेदी , साई भजन समुहकी अध्यक्ष लक्ष्मी कोइराला , कनकाई सामुदायिक वनका उपाध्यक्ष ललित बहादुर कार्की लगायातले दोसल्ला खानेकुरा लगायातका सामाग्रीले सम्मानित गर्नुभयो । कार्यक्रमको संचालन सोभा भण्डारीले गर्नुभएको थियो भने स्वागत २ नम्बर वार्डका अध्यक्ष कपिल सिटौला र अध्यक्षता ३ का अध्यक्ष दधिराम भट्टराइले गर्नुभएको थियो ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो…

कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।…

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको…

प्रतिकृयाहरू